सभामुखले डाकेको सर्वदलीय बैठक आज, हट्ला त संसद्को अवरोध ? « Khabarhub

सभामुखले डाकेको सर्वदलीय बैठक आज, हट्ला त संसद्को अवरोध ?


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसदमा अवरोध गरेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ ।

दिउँसो २ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई डाकिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिए ।

कारबाही गरिएका आफ्ना १४ सांसदलाई सभामुखले १३ दिनसम्म निर्णय नगर्दा दल विभाजन भएको भन्दै एमाले सभामुखविरूद्ध आन्दोलित छ । एमालेले सभामुखले गल्ती बोध गरेर आत्मालोचना गर्नुपर्ने अडान राख्दै संसद् अवरूद्ध गर्दै आएको छ ।

एमाले फुटेर माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) ले भदौ ९ गते प्रमाणपत्र पाएको थियो ।

तर, एमालेले कारबाही गरेका १४ सांसदको निर्णय आजै सर्वोच्च अदालतले गर्ने सम्भावना रहेकाले यही मुद्दालाई आधार मानेर अबको संसद बैठक अवरूद्ध हुने सम्भावना कम छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ७ : ३५ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ