सभामुखले डाकेको सर्वदलीय बैठक आज, हट्ला त संसद्को अवरोध ? « Khabarhub

सभामुखले डाकेको सर्वदलीय बैठक आज, हट्ला त संसद्को अवरोध ?


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसदमा अवरोध गरेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ ।

दिउँसो २ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई डाकिएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिए ।

कारबाही गरिएका आफ्ना १४ सांसदलाई सभामुखले १३ दिनसम्म निर्णय नगर्दा दल विभाजन भएको भन्दै एमाले सभामुखविरूद्ध आन्दोलित छ । एमालेले सभामुखले गल्ती बोध गरेर आत्मालोचना गर्नुपर्ने अडान राख्दै संसद् अवरूद्ध गर्दै आएको छ ।

एमाले फुटेर माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) ले भदौ ९ गते प्रमाणपत्र पाएको थियो ।

तर, एमालेले कारबाही गरेका १४ सांसदको निर्णय आजै सर्वोच्च अदालतले गर्ने सम्भावना रहेकाले यही मुद्दालाई आधार मानेर अबको संसद बैठक अवरूद्ध हुने सम्भावना कम छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ७ : ३५ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले बढेको छ ।

एमाले महाधिवेशन तयारी : सचिवालय बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको पहिलो सचिवालय बैठक बसिरहेको छ

चार महिनामा थपियो ५५ अर्ब बढी सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड

जेन-जी लक्षित मन्त्री पुनको टिप्पणी : सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन

काठमाडौं – जेन–जी आन्दोलनको आडमा शिक्षामन्त्री बनेका महावीर पुनले जेनजीलाई

असन–इन्द्रचोकको तरकारी बजार (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको असन र इन्द्रचोक क्षेत्र देशकै प्रमुख र पुरानो