रोजगारीका लागि इजरायल जाने नेपाली श्रमिकको भाषा परीक्षा आज | Khabarhub Khabarhub

रोजगारीका लागि इजरायल जाने नेपाली श्रमिकको भाषा परीक्षा आज


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोजगारीका लागि इजरायल जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हुदैछ ।

काठमाडौँ उपत्यकाका विभिन्न सेन्टरमा दिउँसो १ बजेदेखि एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुदैछन् ।

साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन दिएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको थियो ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका  लागि एक हजार जनाको माग गरेपछि सरकारले मापदण्ड तय गरेर परीक्षा लिएको हो ।

इजरायल जानका लागि ७ सय महिला र ३ सय जना पुरुष छनोट हुनेछन्। इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने सम्झौता गरेको वैदेशिक रोजगार विभागका प्रवक्ता तथा निर्देशक कमल ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ८ : ३० बजे

एमालेमा ७० वर्षेबारे प्रदीप ज्ञवाली- सिद्धान्तको विषय नबनाऊँ, विधान महाधिवेशनमा मिल्छ

काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेमा ७० वर्षे उमेर हदलाई लिएर

दाङका भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

देउखुरी– दाङमा भूमिहीन सुकुम्बासीलाई झण्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण

एमालेको विधान महाधिवेशन भदौमै, तीनवटा दस्तावेज प्रस्तुत गरिने

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले दोस्रो विधान महाधिवेशनमा ललितपुरको गोदावरीस्थित

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिमा ५५ जनाले दिए आवेदन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय अन्तर्गतका चार वटा स्वास्थ्य