नयाँ भर्सनमा मेलवादेवीको ‘सवारी मेरो रेलैमा’ « Khabarhub

नयाँ भर्सनमा मेलवादेवीको ‘सवारी मेरो रेलैमा’


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वि.सं. १९८४ मा नेपाली आधुनिक गीतकी प्रथम गायिका मेलवादेवी गुरुङले रेकर्ड गराएको गीत ‘सवारी मेरो रेलैमा’को रिमेक भर्सन सार्वजनिक भएको छ । यो गीत मेलवादेवीले भारतको कोलकातास्थित हिज मास्टर भ्वाइस कम्पनीमा रेकर्ड गराएकी थिइन् ।

मेलवादेवी आफैंले लेखेको यो गीतमा उनकै संगीत थियो । रिमेक भर्सनको गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर छ । काठमाडौंको अनामनगरमा रहेको म्युजिक किचेनले यो गीत पुन रेकर्ड गराएको हो ।

स्टुडियोका एरेञ्जर राजेन्द्र बजगाईंले यो गीत सुन्नको लागि आफु खोज्दा सहज रुपमा नपाएपछि नेपालको पहिलो यो गीत सबैले सहजै रुपमा सुन्न पाउन भनेर पुरानै भावमा रेकर्ड गराएको बताए । गीतमा राजेन्द्रकै संगीत संयोजन र मनोज परियारको मिक्सिङ छ ।

मेलवादेबी प्रति समर्पण गरिएको यो गीतको भिडियो बनाएर राजेन्द्र बजगाईंकै अफिसियल च्यानलबाट रिलिज गरिएको छ । भिडियोलाई केशब राज भट्टले तयार गरेका हुन् । जसमा गोविन्द अन्जानको छायांकन र राजेशकुमारको सम्पादन छ । भिडियोमा सविन र बेनिशा नै फिचर्ड छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ११ : ३६ बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको