नयाँ भर्सनमा मेलवादेवीको ‘सवारी मेरो रेलैमा’ | Khabarhub Khabarhub

नयाँ भर्सनमा मेलवादेवीको ‘सवारी मेरो रेलैमा’


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वि.सं. १९८४ मा नेपाली आधुनिक गीतकी प्रथम गायिका मेलवादेवी गुरुङले रेकर्ड गराएको गीत ‘सवारी मेरो रेलैमा’को रिमेक भर्सन सार्वजनिक भएको छ । यो गीत मेलवादेवीले भारतको कोलकातास्थित हिज मास्टर भ्वाइस कम्पनीमा रेकर्ड गराएकी थिइन् ।

मेलवादेवी आफैंले लेखेको यो गीतमा उनकै संगीत थियो । रिमेक भर्सनको गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर छ । काठमाडौंको अनामनगरमा रहेको म्युजिक किचेनले यो गीत पुन रेकर्ड गराएको हो ।

स्टुडियोका एरेञ्जर राजेन्द्र बजगाईंले यो गीत सुन्नको लागि आफु खोज्दा सहज रुपमा नपाएपछि नेपालको पहिलो यो गीत सबैले सहजै रुपमा सुन्न पाउन भनेर पुरानै भावमा रेकर्ड गराएको बताए । गीतमा राजेन्द्रकै संगीत संयोजन र मनोज परियारको मिक्सिङ छ ।

मेलवादेबी प्रति समर्पण गरिएको यो गीतको भिडियो बनाएर राजेन्द्र बजगाईंकै अफिसियल च्यानलबाट रिलिज गरिएको छ । भिडियोलाई केशब राज भट्टले तयार गरेका हुन् । जसमा गोविन्द अन्जानको छायांकन र राजेशकुमारको सम्पादन छ । भिडियोमा सविन र बेनिशा नै फिचर्ड छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ११ : ३६ बजे

विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी

पाल्पा- पाल्पाकाे रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग

पहलगम आक्रमणका योजनाकार मारिए

श्री नगर – पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा

भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुर्खेत– भेरी नदीमा पानीको सतह बढेको छ । भेरी नगरपालिका–१

अमेरिकामा बन्दुक आक्रमण : एक प्रहरीसहित चार जनाको मृत्यु

न्युयोर्क – अमेरिकाको न्युयोर्कमा रहेको एक गगनचुम्बी महलमा भर्खरै भएको

काठमाडौंको नागपोखरीमा नागकाे पूजा (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी