माधव नेपाललगायत १४ सांसदबारे एमालेले दायर गरेको रिटमाथि आज सुनुवाइ भएन | Khabarhub Khabarhub

माधव नेपाललगायत १४ सांसदबारे एमालेले दायर गरेको रिटमाथि आज सुनुवाइ भएन


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माधवकुमार नेपालसहित १४ जना सांसदलाई दल विभाजनमा सनाखत गराएको विरोधमा नेकपा एमालेले दायर गरेको रिटमाथि सोमबार सुनुवाइ भएन । सर्वोच्च अदालतका न्यायाधीश दीपक कार्की र मीरा खड्काको सँयुक्त इजलासमा सो रिट सुनुवाइका लागि पेशी चढे पनि हेर्न नभ्याइनेमा परेको हो । सोमबार सो रिटमाथि सुनुवाइ नभएपछि अर्को दिन पेशी तोकिने छ ।

तत्कालीन एमालेका सांसदहरु माधवकुमार नेपाललगायत १४ जना सांसदलाई एमालेले कारबाही गरेको थियो । तर सभामुख अग्नि सापकोटाले उनीहरु पदमुक्त भएको सूचना प्रकाशित नगर्दै उनीहरुले एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए । सो निवेदन अनुसार निर्वाचन आयोगले एमालेले कारबाही गरेका माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई दर्ता गर्दै वैधता दियो ।

सोही प्रकरणमा एमालेले आफूले पार्टीबाट कारबाही गरिसकेका व्यक्तिले दल विभाजन गराएको भन्दै दल दर्ता गर्ने निर्वाचन आयोगविरुद्ध रिट दायर गरेको छ । यही प्रकरणलाई लिएर एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । यसले सभामुख अग्नि सापकोटा एमाले विभाजनको मतियार भन्दै उनको राजीनामासमेत मागेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १ : ५७ बजे

ललितपुर महानगरको साढे सात अर्बको बजेटमा १६ वटा प्राथमिकता

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ल्याएको झण्डै साढे

जमेको पानी तान्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं– ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५ टिकाथली ठटिकोटमा विद्युत् चुहिएर एकजनाको

प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८२ पारित

काठमाडौं– प्रतिनिधिसभाको बैठकबाट विनियोजन विधेयक २०८२ पारित भएको छ ।

उपेन्द्रको दाबी- कांग्रेस र एमाले छुट्टिन लागे, सरकारको समर्थन फिर्ता लिँदैछौँ

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा

प्रधानमन्त्रीले भने- अहिलेको व्यवस्थाप्रतिको अपमान सहन सकिँदैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलिदान र विद्यमान व्यवस्थाप्रतिको