‘जीवनको पाना’मा जवानी सम्झँदै सरोज « Khabarhub

‘जीवनको पाना’मा जवानी सम्झँदै सरोज


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘जीवनको पाना’को भिडियो सार्वजनिक भएको छ । गीतमा बमकुमार श्रेष्ठको शब्द र सन्तोष सापकोटाको संगीत छ ।

भिडियोमा अभिनेता सरोज खनाल प्रमुख भूमिकामा फिचर्ड छन् । कथात्मक तरिकाले प्रस्तुत गरिएको भिडियोमा वृद्ध चरित्रमा देखिएका सरोजले आफ्नो युवाकालको स्मरण गरेका छन् । जसमा उनले फिल्मी अभिनयका विगतदेखि वर्तमानसम्मको दृश्य समावेश गरिएको छ ।

भिडियोमा मदनकृष्ण, लक्ष्मणप्रसाद अधिकारी र राजेन्द्र कट्टेलको पनि अभिनय छ । सरोजकै अवधारणा रहेको भिडियोमा हरि हुमागाईंको डीओपी, उत्तम हुमागाईंको छायांकन, रमेश थापाको सम्पादन र राज केसीको निर्देशन छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  २ : ०२ बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ