सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित « Khabarhub

सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक नयाँबानेश्वरस्थित संसद भवनमा जारी छ । सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाएका थिए । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बैठकमा अनुपस्थित रहेको छ ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राजेन्द्र लिङदेनबाहेक सबै उपस्थित रहेको सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल सहभागी छन् ।

राप्रपाका लिङ्देन उपत्यका बाहिर रहेकाले उपस्थित हुन नसकेको संसद सचिवालयले जनाएको छ ।

माधव नेपालसहित १४ जना सांसदको कारवाहीको विषयलाई लिएर एमालेले सभामुख र निर्वाचन आयोगमाथि प्रश्न उठाउँदै निरन्नतर संसद अवरुद्ध गरिरहेको छ । सभामुखको राजीनामा समेत मागेको छ । यहीँ बेला सभामुखले गतिरोध अन्त्यका लागि सम्वाद थालेका हुन् ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ३ : १० बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद