बागमती प्रदेशसभा नेकपा (एस)को उपनेतामा खनाल चयन « Khabarhub

बागमती प्रदेशसभा नेकपा (एस)को उपनेतामा खनाल चयन


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाललाई चयन भएका छन् । हेटौँडामा सोमबार बसेको संसदीय दलको बैठकले उपनेतामा खनाललाई चयन गरेको हो ।

यसअघि आइतबारको बैठकले संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेको थियो । यस्तै, सोमबारको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि आवश्यक तयारी गर्ने पनि निर्णय भएको छ । यसका लागि दलका नेता पाण्डेलाई गठबन्धनमा आवद्ध दलहरू माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मा दिएको छ ।

यस्तै, तीन दलको सरकार निर्माण भएपछि सरकारकोतर्फबाट गर्ने न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न प्रदेशसभा सदस्यहरू माधवप्रसाद पौडेल, बसन्तप्रसाद मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मा दिइएको नेकपा एकीकृत समाजवादीले बताएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ४ : ३० बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ