पहिरोले अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा « Khabarhub

पहिरोले अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा आएको छ । पहिरोका कारण अवरुद्ध सडक सोमबारबाट सञ्चालनमा आएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए।

मेलम्ची पारी झुलुङे पुलदेखि यातायातको साधन सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ । यसअघि पनि पटक–पटक अवरुद्ध सडक सञ्चालनको प्रयास गरे पनि लगातर वर्षाका कारण सञ्चालनमा ल्याउन नसकेको धितालले बताए ।

सडक सञ्चालनमा आएसँगै भोताङ, गुन्सा, मानेखर्क, थाङ्पालकोट लगायत माथिल्लो भेगमा पुग्नको लागि सहज भएको छ । सामाजिक सञ्जालमार्फत सडक खुलाइदिन नगरपालिकालाई थाङ्पालवासीले सार्वजानिक रुपमा अपीलसमेत गरेका थिए ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकहरुले सास्ती भोग्नु परेको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ९ : १५ बजे

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व