एमसीए नेपालबारे सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै आपत्ति | Khabarhub Khabarhub

एमसीए नेपालबारे सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै आपत्ति


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीए नेपालले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गरिएको भन्दै आपत्ति प्रकट गरेको छ ।

एमसीसी कम्प्याक्टबारे एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टको नक्कली हस्तारक्षर प्रयोग गरी सामाजिक सञ्जालमा भ्रम छरिएको एमसीए नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरेको हो ।

उसले भनेको छ, ‘ यही भदौ २३ गते ट्वीटर सामाजिक सञ्जालमार्फत एमसीए–नेपाल विकास समितिका कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्टको नक्कली तवरको हस्ताक्षर प्रयोग गरी एक सामग्री सम्प्रेषण गरिएको थियो । उक्त सामग्रीमा एमसीए–नेपाल, एमसीसी र अमेरिकी राजदूतावासका अधिकारीहरूबीच भएको भर्चुअल बैठकमा कम्प्याक्ट अनुमोदनको पक्षमा प्रचार अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको कपोलकल्पित कुरा उल्लेख गरिएको थियो । सोही सामग्रीमा केही अखबार तथा टीभीलाई परिचालन गरिनुपर्ने झुठो दाबी र नेपाल सरकार, एमसीए–नेपाल र एमसीसीको छापको पनि दुरुपयोग गरिएको थियो ।’

भ्रम फैलाउनेविरुद्ध कानूनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरिएको एमसीए नेपालले जनाएको छ । उसले यस्तो भ्रमपूर्ण सूचनाको भर नपर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ७ : २३ बजे

सोमबार बानेश्वरमा दिनभर घुम्दा जे देखियो…

काठमाडौं– जेन–जी पुस्ताले भ्रष्टाचारविरूद्ध आन्दोलनको घोषणा गरेको थियो । सोमबार

जेनेभाबाट राष्ट्र संघले भन्यो–  नेपालमा प्रदर्शनकारीको हत्याले स्तब्ध भयौँ

काठमाडौं– सोमबार नेपालमा प्रदर्शनकारीहरूको हत्या भएकोमा संयुक्त राष्ट्र संघीय मानवअधिकार

ललितपुरमा बिहान ७ बजेदेखि मध्यरातिसम्म कर्फ्यू

ललितपुर – ललितपुर जिल्ला प्रशासन ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू

ओली सरकारविरुद्ध खनिए कलाकार

काठमाडौं – सरकारले २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय

भ्रष्ट देशमा आफ्नो संस्था दर्ता नगर्ने एक्सको जवाफ

काठमाडौं – सामाजिक सञ्जाल प्लाटफर्म एक्स (ट्विटर)ले भ्रष्ट देशमा आफ्नो