एमसीए नेपालबारे सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै आपत्ति « Khabarhub

एमसीए नेपालबारे सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै आपत्ति


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमसीए नेपालले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गरिएको भन्दै आपत्ति प्रकट गरेको छ ।

एमसीसी कम्प्याक्टबारे एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टको नक्कली हस्तारक्षर प्रयोग गरी सामाजिक सञ्जालमा भ्रम छरिएको एमसीए नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरेको हो ।

उसले भनेको छ, ‘ यही भदौ २३ गते ट्वीटर सामाजिक सञ्जालमार्फत एमसीए–नेपाल विकास समितिका कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्टको नक्कली तवरको हस्ताक्षर प्रयोग गरी एक सामग्री सम्प्रेषण गरिएको थियो । उक्त सामग्रीमा एमसीए–नेपाल, एमसीसी र अमेरिकी राजदूतावासका अधिकारीहरूबीच भएको भर्चुअल बैठकमा कम्प्याक्ट अनुमोदनको पक्षमा प्रचार अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको कपोलकल्पित कुरा उल्लेख गरिएको थियो । सोही सामग्रीमा केही अखबार तथा टीभीलाई परिचालन गरिनुपर्ने झुठो दाबी र नेपाल सरकार, एमसीए–नेपाल र एमसीसीको छापको पनि दुरुपयोग गरिएको थियो ।’

भ्रम फैलाउनेविरुद्ध कानूनी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरिएको एमसीए नेपालले जनाएको छ । उसले यस्तो भ्रमपूर्ण सूचनाको भर नपर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ७ : २३ बजे

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना