एमसीसी लागु हुन दिदैनौँ : विप्लव « Khabarhub

एमसीसी लागु हुन दिदैनौँ : विप्लव


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागु हुन नदिने बताएका छन् । सोमबार काठमाडौँको खुल्लामञ्चमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै विप्लवले एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा रहेको तर्क गरे ।

उनले अमेरिकाले नेपालमा आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी पारित गर्न दवाव दिएको उल्लेख गर्दै एमसीसी जबरजस्ती पास गर्न खोजिए राँको बाल्ने चेतावनी दिए । पैसाले मात्रै विकास नहुने भन्दै बिप्लवले एमसीसीले देश विकास हुन्छ भन्नु मुर्खता भएको बताए । उनले एमसीसीका विषयमा मान्छेलाई भाँड्ने प्रयास भइरहेको र नेपाली जनताले यो कुरा बुझेको पनि बताए ।

त्यस्तै बिरोध सभामा नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एमसीसीको बहानामा अमेरिकाले नेपालमा कव्जा जमाउन खोजेको आरोप लगाए ।

गजुरेलले एमसीसी सम्बन्धी बहसमा बुद्धिजिविहरुले युरेनियम कब्जा गर्ने लेखेको कहाँ छ भन्दै प्रश्न गरेकोमा अचम्म लागेको तर्क गरे । उनले नेपालको राष्ट्रिय स्वाधिनताका बिषयमा कुनै सम्झौता गर्न नहुने बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ८ : ०१ बजे

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व