१ हजार दरका २५ थान नक्कली नोट सहित ५ जना पक्राउ, नोट तयार गर्ने कटिङ्ग कागज समेत बरामद | Khabarhub Khabarhub

१ हजार दरका २५ थान नक्कली नोट सहित ५ जना पक्राउ, नोट तयार गर्ने कटिङ्ग कागज समेत बरामद


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बारा प्रहरीले नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ ।

निजगढ नगरपालिका-८ स्थित तारा ईन होटलबाट १ हजार दरको २५ थान नक्कली नोट सहित शनिबार साँझ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रौतहट गुजरा नगरपालिका-३ बलुवा टोल बस्ने २४ वर्षीय सुनिल कुमार राम, सोही ठाउँ बस्ने ३६ वर्षीय रविन्द्र कुमार चौधरी, बारा करैयामाई गाउँपालिका-५ बस्ने ३६ वर्षीय बिशेश्वर प्रसाद चौधरी, बारा कलैया उपमहानगरपालिका-९ रामपुर टोल बस्ने २४ वर्षीय सागर शुक्ला र सोही ठाउँ टेङरहर टोल घर भई बारा बिश्रामपुर गाउँपालिका-५ ईटियाही टोल बस्ने २५ वर्षीय राजु कुशवाहा रहेका छन् ।

प्रहरीले बरामद गरेको सवारीसाधन

उक्त होटलको कोठामा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलाभित्र राखेको १ हजार दरको २५ थान नेपाली नक्कली नोट फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.९१ प ७४३५ नम्बरको मोटरसाइकल र बा.१४ च ९३८२ नम्बरको गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

थप अनुसन्धानको क्रममा सुनिल कुमार रामको रौतहटस्थित घरमा उक्त नोट तयार गर्ने कटिङ्ग कागजहरू रहेको खुल्नासाथ ईलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी तलासी गर्दा बोराभित्र कार्टुनमा राखेको अवस्थामा १ हजार दरको नोट आकारमा कटिङ्ग गरी रवरले बाँधेको अवस्थामा प्रति १ सय थानको ९३ गड्डी कागज, १ हजार दरको ३९ थान नेपाली रुपैयाँ तथा सोही स्थानमा रहेको बीआर ०५ क्यू ४६१० नम्बरको मोटरसाइकल र प्रदेश २-०३-००१ प ४२६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ९ : ०३ बजे

वर्षाका कारण फोहर व्यवस्थापनमा समस्या नहुने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष

एमालेमा ७० वर्षेबारे प्रदीप ज्ञवाली- सिद्धान्तको विषय नबनाऊँ, विधान महाधिवेशनमा मिल्छ

काठमाडौं– प्रमुख सत्तारूढ नेकपा एमालेमा ७० वर्षे उमेर हदलाई लिएर

दाङका भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

देउखुरी– दाङमा भूमिहीन सुकुम्बासीलाई झण्डै १३ कठ्ठा जग्गाको लालपुर्जा वितरण

एमालेको विधान महाधिवेशन भदौमै, तीनवटा दस्तावेज प्रस्तुत गरिने

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले दोस्रो विधान महाधिवेशनमा ललितपुरको गोदावरीस्थित