अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु « Khabarhub

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अत्यधिक रक्तश्रावका कारण खुम्बू पासाङ ह्लामु गाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका- २ की २५ वर्षीया चन्द्रकला राईको सोमबार बिहान मृत्यु भएको हो ।

आइतबार साँझ ५:४२ बजेको समयमा लुक्लास्थित पासाङ ह्लामु निकोलनिकी अस्पताल लुक्लामा सुत्केरी भएकी उनको मृत्यु भएको अस्पतालका डा. अनेस केसीले बताए ।

सालनाल अड्किएपछि अत्यधिक रक्तश्राव भएको र रातको समयमा रेफर गर्न पनि समस्या भएकाले उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । चेकअपका लागि आइतबार बिहान ११ बजे ती महिला अस्पताल पुगेकी थिइन् ।

बच्चा जन्मिने बेलासम्म स्वास्थ्य राम्रो भए पनि सुत्केरीपछि उच्चरक्तश्राव भएको थियो । अहिले बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  ९ : ३५ बजे

चार महिनामा थपियो ५५ अर्ब बढी सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड

जेन-जी लक्षित मन्त्री पुनको टिप्पणी : सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन

काठमाडौं – जेन–जी आन्दोलनको आडमा शिक्षामन्त्री बनेका महावीर पुनले जेनजीलाई

असन–इन्द्रचोकको तरकारी बजार (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको असन र इन्द्रचोक क्षेत्र देशकै प्रमुख र पुरानो

एन्टिबायोटिकको दुरुपयोगले हरेक वर्ष १३ लाखको मृत्यु : कसरी बच्ने ?

आधुनिक चिकित्सा विज्ञानले विश्वभर नै स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको

इन्डोनेसियासँग भिड्दै नेपाल, साम्बाको अनुपस्थितिमा अञ्जिलाको कप्तानी

काठमाडौं – साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपालले बुधबार इन्डोनेसियाविरुद्ध