त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमान खेल्दै | Khabarhub Khabarhub

त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमान खेल्दै


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

अल अमिरात क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:१५ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ । सोमबारको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

तथापि बलियो टिम ओमानविरुद्ध नेपाललाई जित निकाल्न सहज भने छैन । लिग-२ को सिरिज अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो ।

टियु क्रिकेट मैदानमा २०२० को फेब्रुअरी ५ मा भएको खेलमा नेपाललाई ओमानले १८ रनले हराएको थियो । त्यस्तै ९ फेब्रुअरीमा भएको दोस्रो भेटमा ओमानले नेपाललाई ८ विकेटले हराएको थियो ।

ओमान लिग-२ को शीर्ष स्थानमा छ । ओमानले १० खेलमा १६ अंक जोडेको छ । नेपाल ५ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

लिग-२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।

 

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ८ : १५ बजे

हेलेनपछि अमेरिकामा मिल्टन आँधी : फ्लोरिडा छोड्न चाहनेका लागि उडान थपिए

फ्लोरिडा – केही दिन अघि हेलेन आँधीले वितण्डा मच्चाएको अमेरिकामा

डलर घट्दा यूरो बढ्यो : बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार सन्

आज कात्यायनीे देवीको पूजा गरिँदै

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार

आज २०८१ साल असोज २३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार