मृतक तीनै जनाको पहिचान खुल्यो | Khabarhub Khabarhub

मृतक तीनै जनाको पहिचान खुल्यो


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिबासगढका अन्दाजी ७० वर्षीया योगमाया सुवेदी, कन्चनपुरका ४० वर्षीया रंगी तिरुवा र कन्चनपुरकै ३५ वर्षीय कृष्ण राना रहेका छन् ।

मंगलबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा  मृत्यु भएको थियो । दुर्घटनामा घाइते २४ मध्ये  २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलीपकुमार गिरीले बताए । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

२३ स्मृति पुल नजिकको सिंगललेनको डाइभर्सनमा पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सु.प्र.०२-००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बस खोल्सामा खसेको थियो । ट्रक र बसका दुबै चालक घाइते छन् । उनीहरूको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १० : १२ बजे

कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी

काठमाडौं– काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी भएको छ । कलेजको

इङ्गल्यान्डसँगको टेस्टमा भारतका लागि राहुल र पन्तको महत्त्वपूर्ण शतक

लिड्स – भारतले इङ्गल्यान्डसँगको पहिलो टेस्टमा जितका लागि ३७१ रनको

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानले कतारको अमेरिकी सैन्य बेसमा हानेको थियो १९ वटा मिसाइल

तेहरान – इरानले कतारस्थित सैन्य सुरक्षा बेसमा मिसाइल आक्रमण गरेपछि

इजरायल-इरान युद्ध विराममा सहमति: ट्रम्पको घोषणामा के छ ?

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच पूर्ण र