एमालेको अवरोधकाबीच अगाडि बढ्यो संसद्, अर्थमन्त्रीद्वारा विनियोजन विधेयक पेश | Khabarhub Khabarhub

एमालेको अवरोधकाबीच अगाडि बढ्यो संसद्, अर्थमन्त्रीद्वारा विनियोजन विधेयक पेश


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभा बैठक अगाडि बढेको छ । बैठकको कारबाही सुरु हुनासाथ एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्न पुगेका छन् ।

उनीहरुले नाराबाजी गरिरहेका बेला सभामुख अग्नि सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्न समय दिए । नारावाबाजीकै बीच अर्थमन्त्रीले सो प्रस्ताव पेश गरे । अहिले सो प्रस्तावमाथि छलफल भइरहेको छ ।

नेमकिपाका सांसद प्रेम सुवालले आफ्नो धारणा राखिरहेका छन् । एमाले सांसदहरुको नाराबाजी जारी रहेकाले छलफलमा भाग लिने सांसदहरुले आ आफ्नो स्थानबाटै धारणा राखिरहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १ : १५ बजे

मिथिलामा आज जितिया पर्वको ‘ओगटन’

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ

संसद विघटन असंवैधानिक : नेपाल बार 

काठमाडौं– नेपाल बार एशाेसिएशनले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको संसद विघटनको

भोजपुरका विपन्न परिवारले पाए ‘जस्तापाताको छानो’

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ६ कोटका आर्थिक अवस्था कमजोर भएका

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपिएको

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम : बेलायत

काठमाडौं– संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि पूर्वप्रधानन्यायाधीश सुशीला