चीनमा पढेको डाक्टहरूको प्रदर्शन « Khabarhub

चीनमा पढेको डाक्टहरूको प्रदर्शन


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनबाट एमबीबीएस उतीर्ण गरेकाहरुले नेपालमा इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै काठमाडौँमा बिरोध प्रदर्शन गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियम स्पष्ट नहुँदा आफूहरुले नेपालमा इन्टर्नसिप गर्न नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

आफूहरु नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगबाट केही दिनमा इन्टर्नसिप सुरु हुने आश्वासन पटक पटक पाए पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ । मापदण्ड पुरा गरेका १५५ विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न नपाउँदा भविष्य नै अन्योलमा परेको प्रदर्शनमा उत्रेका विद्यार्थीहरूले जनाएका छन् ।

मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ मा विद्यार्थीले आफू पढेको संस्था र नेपाल मेडिकल काउन्सिलको पूर्व स्वीकृति लिएर मात्र नेपाल भित्रका संस्थामा इन्टर्नसिप गर्न पाउने र यसप्रकारको इन्टर्नसिप नेपाल मेडिकल काउन्सिलको नियम भित्र रहेर गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था स्पष्ट नहुँदा आफुहरुलाई इन्टर्नसिप गर्न रोकिएको विद्यार्थीको गुनासो छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  १ : ४७ बजे

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको

आज २०८३ साल असार २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २० गते शनिबार सन् २०२६

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त