गुडिरहेको बसमाथि ढुङ्गा खस्दा एकको मृत्यु « Khabarhub

गुडिरहेको बसमाथि ढुङ्गा खस्दा एकको मृत्यु


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– जयपृथ्वी राजमार्गमा गुँडिरहेको यात्रुवाहक बसमा ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ को झौलेक नजिक मंगलबार कञ्चनपुरबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख ११५६ नं को बसमा सडकमाथिबाट खसेको ढुङ्गा लागेको हो ।

मृत्यु हुनेमा बझाङ थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपाली रहेका छन् । अर्जुनको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । ढुङ्गा लागेर घाइते हुनेमा बझाङकै जयपृथ्वी नगरपालिका– ११ का ४० वर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय माधव भट्ट रहेका छन्।

घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । शव घटनास्थलमै रहेको छ । बसमा सवार अन्य यात्रु सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनापश्चात् राजमार्ग केही घण्टा अवरुद्ध रहेको भए पनि अहिले भने सञ्चालनमा आएको छ । रासस

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ३ : १३ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई