दशैंका लागि तीन हजार च्यांग्रा र खसी ल्याउँदै सरकार, मूल्य निर्धारणमा भने अलमल « Khabarhub

दशैंका लागि तीन हजार च्यांग्रा र खसी ल्याउँदै सरकार, मूल्य निर्धारणमा भने अलमल


२९ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ । कोरोना भाइरस महामारीले बजार प्रभावित भए पनि दशैंमा खसी, बोका र च्यांग्राको अभाव नहुने कम्पनीले जनाएको छ ।

महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरेसँगै विभिन्न क्षेत्रका उद्योग, व्यवसाय प्रभावित भएका छन् । तर, पछिल्लो समयमा सरकारले निषेधाज्ञा हटाएको छ । तर, बजार भने पूर्ववत रूपमा फर्कन अझै समय लाग्ने व्यवसायीहरूको भनाइ छ । कम्पनीले भने दशैं जस्तो चाडमा खसी, बोका र च्यांग्राको मासु कम नहोस् भन्न खरिदको प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

कम्पनीका अनुसार खसी(बोका १५ सय र च्यांग्रा १५ सय ल्याउने कम्पनीका विभागीय प्रमुख भीम थापाले बताए । गत वर्ष दशैंमा १५ सय नौवटा च्यांग्रा र खसी ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीले उपभोक्ताको मागअनुसार खसी–बोका तथा च्यांग्रा खरिद गर्ने जानकारी दिएको छ । दशैं नजिकिइसक्दा पनि मूल्य निर्धारणमा भने अलमल भइरहेको छ । विभागीय प्रमुख थापा भन्छन्, ‘ उपभोक्तालाई मार नपर्ने गरी मूल्य निर्धारण गरिन्छ, बजारको भन्दा सस्तोमा नै दिन्छौँ । अहिले कारोना महामारीले सबै किसान प्रभावित भएका छन् । त्यसैले, किसानको लागतअनुसार मूल्य निर्धारण गर्छौँ ।’

उनले अहिले बजारमा डिजेलको भाउ पनि बढ्दै गएकाले ढुवानी खर्च पनि बढ्ने भन्दै सो कुरालाई ध्यानमा राखेर मूल्य तोकिने बताए । गत वर्ष खसी–बोका प्रतिकेजी पाँच सय ५० रुपैयाँ तोकिएको पनि उनले बताए । उपत्यकामा खसी–बोका तथा च्यांग्रा मुस्ताङ, मकवानपुर र दाङका किसानबाट खरिद गरिने जानकारी दिए । यसले गर्दा कम आयस्रोत भएका व्यक्तिले पनि उपभोग गर्नसकिने उनको दाबी छ । साथै, खसी–बोका तथा च्यांग्राको उपभोगबाट वञ्चित नहुने उनले बताए । न्युज कारखाना

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  २ : ५५ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम