एनआरटी र केल्मीबीच चार वर्षको सहकार्य सम्झौता « Khabarhub

एनआरटी र केल्मीबीच चार वर्षको सहकार्य सम्झौता


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम एनआरटी र स्पोर्ट्स कीट ब्रान्ड केल्मीबीच चार वर्षको सम्झौता भएको छ । बुधबार क्लबले त्रिपुरेस्वरस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै आगामी चार वर्षको लागि सहकार्य गरेको हो ।

एनआरटीले कामारु ट्रेडिङ प्रालिको केल्मी ब्राण्डसँग चार वर्षका लागि सम्झौता गरेको हो । सम्झौताअनुसार एनआरटीले आफूले खेल्ने प्रतियोगितामा चारवर्षसम्म केल्मी ब्राण्डको ट्र्याक सुट, होम एन्ड अवे जर्सी, बिब्स र बल प्रयोग गर्नेछ ।

सम्झौतापत्रमा एनआरटीबाट अध्यक्ष सुन्दर जोशी तथा महासचिव नरेन्द्र श्रेष्ठ र केल्मीकातर्फबाट निर्देशक प्रदिप न्यौपाने र उत्तम न्यौपानेले हस्ताक्षर गरेर सम्झौता पत्र आदान प्रदान गरे ।

‘सम्झौता चार वर्ष मात्र होइन ४० वर्षसम्म पुर्याउँछौँ । क्लबसँग आगामी दिनमा समन्वय गरेर अगाडि बढ्नेछौँ’, केल्मीका निर्देशक प्रदिप न्यौपानेले बताए ।

एनआएटीका महासचिव श्रेष्ठले केल्मीसँगको सहकार्यले क्लबलाई लिग खेल्न सहज हुने र यसलाई आगामी यात्राको लागि एउटा खुट्किलो भएको बताए ।

क्लबले सहिद स्मारक ए डिभिजन लिगको उपाधि पाँचपटक जितिसकेको छ । क्लबले यसपटकसमेत उपाधि जित्ने योजना रहेको बताएको छ ।

यस सिजन क्लबमा राष्ट्रिय खेलाडी एरिक बिस्ट, दर्शन गुरुङ, बिक्रम धिमाल, राजेश परियार, विदेशी खेलाडी मेसुके र स्टेफन छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ७ : ३० बजे

अर्चनाको गुनासो : कपिलको शोले अभिनय करिअर रोक्यो

काठमाडौं – बलिउड नायिकाको सफल करिअरपछि कमेडी शो ‘द कपिल

शान्तिश्री र मोतिराजको स्वरमा ‘बिर्सु कसरी’

काठमाडौं – गायिका शान्तिश्री परियार र गायक मोतिराज खनालको स्वरमा

युद्धविराममाथि संकट, अमेरिका–इरान तनाव चुलिँदै

एजेन्सी– मेरिका र इरानबीच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै

तीन दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने 

काठमाडौं– नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा तीन हजार