आज सरकारको चालु खाताबाट खर्च भएन, पुरानै दरमा कर उठाइयो « Khabarhub

आज सरकारको चालु खाताबाट खर्च भएन, पुरानै दरमा कर उठाइयो


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्षको बजेट पारित नभएका कारण बिहीबार सरकारको चालु खाताबाट खर्च शून्य भयो । बजेट पारित नभएका कारण सरकारले कुनै पनि शीर्षकमा रकम खर्च गर्न नसकेको हो ।

कर सम्बन्धिका विभिन्न कारोबार भने पुरानै दरमा भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए । कर उठाउन नेपाल सरकारलाई कुनै पनि बाधा नभएको उनले बताए ।

उनले भने, ‘सरकारले हरेक दिन खर्च गर्दैन र अध्यादेश अनुसार राजस्व लिने काम भइरहको छ ।’ तत्कालीन ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट परिमार्जन देउवा सरकारले संसदमा प्रतिस्थापन विधेयक ल्याएको थियो ।

२६ भदौ गते अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद प्रतिनिधिसभाको बैठकमा प्रतिस्थापन विधेक पेश गरेका थिए । तर बजेट सम्बन्धी ती विधेयकहरु पारित हुन सकेनन् । ओली सरकारले अध्यादेश ल्याएको पनि बुधबार २ महिना पुग्यो । संविधानअनुसार अध्यादेश संसद चलेको अवस्थामा दुई महिनाभित्र पारित नभए निष्क्रिय हुने भएकाले अहिले देश बजेटबिहीन अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ३ : २६ बजे

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन

कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल

‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ – नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कञ्चनपुर– सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ