आज सरकारको चालु खाताबाट खर्च भएन, पुरानै दरमा कर उठाइयो | Khabarhub Khabarhub

आज सरकारको चालु खाताबाट खर्च भएन, पुरानै दरमा कर उठाइयो


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्षको बजेट पारित नभएका कारण बिहीबार सरकारको चालु खाताबाट खर्च शून्य भयो । बजेट पारित नभएका कारण सरकारले कुनै पनि शीर्षकमा रकम खर्च गर्न नसकेको हो ।

कर सम्बन्धिका विभिन्न कारोबार भने पुरानै दरमा भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए । कर उठाउन नेपाल सरकारलाई कुनै पनि बाधा नभएको उनले बताए ।

उनले भने, ‘सरकारले हरेक दिन खर्च गर्दैन र अध्यादेश अनुसार राजस्व लिने काम भइरहको छ ।’ तत्कालीन ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट परिमार्जन देउवा सरकारले संसदमा प्रतिस्थापन विधेयक ल्याएको थियो ।

२६ भदौ गते अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद प्रतिनिधिसभाको बैठकमा प्रतिस्थापन विधेक पेश गरेका थिए । तर बजेट सम्बन्धी ती विधेयकहरु पारित हुन सकेनन् । ओली सरकारले अध्यादेश ल्याएको पनि बुधबार २ महिना पुग्यो । संविधानअनुसार अध्यादेश संसद चलेको अवस्थामा दुई महिनाभित्र पारित नभए निष्क्रिय हुने भएकाले अहिले देश बजेटबिहीन अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ३ : २६ बजे

ट्रम्पको आणविक परीक्षण आदेशले चर्कायो विश्वव्यापी तनाव

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियार परीक्षण सुरु गर्ने

रास्वपाले थालेको छलफलमा एकसाथ देखिए बाबुराम र रेशम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले परिवर्तन पक्षधर राजनीतिक दल र शक्ति,

पर्वतका धानबालीमा क्षति पुगेका कृषकलाई गाउँपालिकाले राहत दिइने

पर्वत–  किसानको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामा परेको लगातारको

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ व्यवस्थामा चारवटा कागज पेश गरे पुग्ने

काठमाडौं- अध्यागमन विभागले भिजिट भिसामा विदेश जान चाहने नेपाली नागरिकका

बाढीले तेताङमा १२ च्याङ्ग्रा मरे, सिँचाइ कुलो र खानेपानीमा क्षति

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन्