नेपाल–इयू चलचित्र महोत्सव शुक्रबारदेखि | Khabarhub Khabarhub

नेपाल–इयू चलचित्र महोत्सव शुक्रबारदेखि


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल र युरोपेली सङ्घ (इयू)बीच सांस्कृतिक सम्बन्ध विस्तारका साथै चलचित्रका माध्यमबाट पारस्परिक सद्भाव र सहयोग प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको चलचित्र महोत्सवको दशौँ शृङ्खला शुक्रबारदेखि प्रारम्भ हुने भएको छ ।

कोभिड महामारीका कारण भोलिदेखि अप्रत्यक्ष माध्यमबाट असोज ९ गतेसम्म हुने महोत्सवमा दर्शकका मन जित्न सफल भई पुरस्कार प्राप्त गरेका १५ वटा चलचित्रसहित १४ वटा युरोपेली देशका २६ वटा अन्य चलचित्र प्रदर्शन गरिने यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ ।

महोत्सवमा पाँचवटा नेपाली कथानक चलचित्र पनि प्रदर्शन गरिनेछ । प्रदर्शन हुने युरोपेली चलचित्रलाई नेपालीमा भाषान्तर गरिएको छ । जलवायु परिवर्तनका प्रभाव, वातावरण संरक्षणलगायत विधाका चलचित्र पनि महोत्सवमा प्रस्तुत गरिनेछ ।

महोत्सव जारी रहँदा प्रतिनिधिमण्डलले नेपाली सिने क्षेत्रमा आबद्ध कलाकार, निर्देशक, चलचित्र समीक्षक र सञ्चारकर्मीसँग अप्रत्यक्षरूपमा छलफल गर्नाका साथै पर्यावरणमा कुनै किसिमको प्रभाव नपारी त्यसको संरक्षण गर्दै चलचित्र छायाङ्कन गर्न सकिने विषयमा पनि छलफल गरिने जनाइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ८ : ०१ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार