गजलमा खुशी खोज्दै सनुप « Khabarhub

गजलमा खुशी खोज्दै सनुप


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक सनुप पौडेलको स्वर र संगीत रहेको गजल ‘खुशी’को भिडियो सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकारमाझ भिडियो सार्वजनिक गरिएको हो ।

स्टुडियो डी पुतलीसडकमा रेकर्ड गरिएको गजलमा दीपक जडितको शब्द, विशाल पोखरेलको गीतार, पारस सुवेदीको सितार, प्रदीप जोशीको मिक्सिङ र मास्टरिङ छ ।

गजलको भिडियोमा गायक सनुपसँगै सुनिता दर्नाल र सुरज मल्ल फिचर्ड छन् । भिडियोमा प्रनभ केसी, सिर्जन भट्टराई, सुनिता दर्नाल र सुरज मल्लको कोरियोग्राफी, विवेक लिम्बुको डीओपी, पुरुषोत्तम कँडेलको सहायक डीओपी, रोशन खत्रीको सम्पादन, सञ्जीवरत्न शाक्यको कलर, सुस्मिता रिजालको कष्ट्युम, पीआइ स्टुडियोको निर्माण छ । भिडियोका निर्देशक प्रनभ केसी हुन् ।

२०५४ सालबाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका सनुपका ‘सम्झना आइ दिन्छ’, ‘यस्तै सम्बन्ध’, ‘पहिलो पिरती’, ‘दैव हे’, ‘जादु’, ‘अरु सबै’ र ‘बालुवामा’ गीत लोकप्रिय छन् ।

उनको हालसम्म ‘भ्वाइस(२००४)’ र ‘रेज(२००८)’ एलबम छन् । सनुप गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ पहिलो सिजनको कोच हुन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ५ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै