चीनबाट थप कोरोनाविरुद्धको खोप शुक्रबार नेपाल आइपुग्ने « Khabarhub

चीनबाट थप कोरोनाविरुद्धको खोप शुक्रबार नेपाल आइपुग्ने


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि नेपाल आइपुग्ने भएको छ ।

उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान राति ११ बजे उडेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार  चीनसँग खरिद गरिएको उक्त खोप शुक्रबार दिउसो २ बजे नेपाल आइपुग्नेछ ।

सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल ल्याइसकेको छ ।  नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ ।

सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ११ : ०५ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ