दुई दिने 'सामूहिक सत्याग्रह’का लागि डा. केसी अमेरिका प्रस्थान | Khabarhub Khabarhub

दुई दिने ‘सामूहिक सत्याग्रह’का लागि डा. केसी अमेरिका प्रस्थान


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डा. गोविन्द केसी ‘दुई दिने सामूहिक सत्याग्रह’को अवधारणासहित अमेरिका प्रस्थान गरेका छन् ।

विश्वमा चलेको द्वन्द र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश तथा शान्ति स्थापनाको ध्यानाकर्षणका लागि उनी विहीबार अमेरिका प्रस्थान गरेका हुन् ।

सोलिड्यारिटी फर डा. गोविन्द केसी अलायन्सले विज्ञप्ति जारी गर्दै विश्व शान्ति दिवसका अवसरमा अमेरिकामा हुने शान्तिपूर्ण प्रदर्शनमा डा. केसीको सहभागिता रहने जनाएको हो ।

यस सत्याग्रहले मावनता र मानवीय सेवाका माध्यमबाट सद्भाव बढाउँदै विश्व समूदायमा दिगो शान्ति प्राप्त गर्न सकिन्छ भन्ने विश्वास डा. केसीले लिएको विज्ञप्तिमा जनाइएको छ ।

शान्ति दिवसका अवसरमा हुने उक्त दुई दिने शान्तिपूर्ण प्रदर्शनलाई ‘सामुहिक सत्याग्रह’का रुपमा लिइएको छ ।

प्रदर्शनीमा संसारभर बढ्दै गरेको जलवायु परिवर्तन लगायत सबैका लागि स्वास्थ र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरुको ध्यानाकर्षण गराउने ध्येय रहेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी सबैको सामूहिक प्रयासले मात्र मानवता र हाम्रो गृहग्रह पृथ्वीलाई बस्ने ठाउँको रूपमा बचाउन सकिन्छ भन्ने सन्देश संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई दिइने छ । सेप्टेम्बर १४ देखि सुरु हुने संयुक्त राष्ट्र संघको महासभामा विश्व शान्ति दिवस सेप्टेम्बर २१ का दिन विशेष सम्बोधन हुने भएको हुँदा सो शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको हो । ‘

नेपाल र विश्वभर छरिएर रहेका नेपालीको भावनात्मक अभिव्यक्तिको रुपमा आयोजना गर्न लागिएको सो शान्तिपूर्ण प्रदर्शनीमा सहभागी हुन अमेरिकमा रहेका सबै नेपाली समुदाय, संघसंस्था तथा व्यक्ति विशेषमा सोलिड्यारिटी फोर डा. गोविन्द केसी अलायन्स अपिल गरेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  १० : ४३ बजे

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित

राहुघाट पहिरो अपडेट : ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध

वामपन्थी गढ बोलिभियामा ढल्यो समाजवादी किल्ला

काठडमाडौं– ल्याटिन अमेरिकामा वामपन्थी राजनीतिको केन्द्र मानिने बोलिभियामा समाजवादी उम्मेदवारको

लोकतन्त्रलाई सुदृढ बनाउन सञ्चारमाध्यमको योगदान महत्त्वपूर्ण हुन्छः पूर्वराष्ट्रपति भण्डारी

मोरङ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन

सौर्य जहाज दुर्घटना पीडितका प्रश्नै प्रश्न, गृहमन्त्रीले भने : फेरि जाँच हुनुपर्छ, सहयोग गर्छु

काठमाडौँ– सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको न्यायिक जाँच गर्न माग गर्दै