चाडपर्व लक्षित सुपथ मूल्य पसल आजबाट खुल्दै, के के सहुलियत ? « Khabarhub

चाडपर्व लक्षित सुपथ मूल्य पसल आजबाट खुल्दै, के के सहुलियत ?


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुलुकका ४३ स्थानमा आजबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ स्थानमा सुपथ मुल्य पसल सञ्चालन गर्ने जनाएको हो ।

सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले असोज १ गतेदेखि कार्यालय रहेका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइने जानकारी दिइन् ।

उनका अनुसार कम्पनीले यस वर्ष चामल, दाल, चिउरा, पिठो र तेलमा रु पाँच तथा भटमासको तेल, मासु र कर्णाली सिमीमा रु १० छुट दिनेछ । कम्पनीले काठमाडौँ उपत्यकामा खाद्यको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने जनाएको छ ।

यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुने बताइएको छ । यस वर्ष खाद्य कम्पनीले च्याङ्ग्रा ल्याउने सम्भावना कम रहेको जनाएको छ । कोभिडका कारण कम्पनीले गत वर्षसमेत च्याङ्गाको बिक्री वितरण रोकेको थियो ।

खाद्य कम्पनीसँगै साल्ट टे«डिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएका छन् । यसअघि नै कोभिड सङ्क्रमणलाई ध्यानमा राख्दै उपभोक्ताको भीडभाड नहुने गरी खाद्यान्न बिक्री वितरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन कम्पनीलाई निर्देशन दिइसकेको छ । असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ६ : ०६ बजे

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’