भुलेर पनि खाली पेटमा नखानुहोस् यी खानेकुरा « Khabarhub

भुलेर पनि खाली पेटमा नखानुहोस् यी खानेकुरा


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जानअन्जानमा मानिसहरु बिहान उठ्ने बित्तिकै विभिन्न प्रकारका खानेकुरा खान्छन् । जसका कारण मानिस बिरामी  पर्न सक्ने खतरा बढ्न सक्छ ।

सुतेर उठ्दा शरिरमा एसिडको मात्रा धेरै हुने गर्दछ । यस्तोमा एसिडको स्तर बढाउने खानेकुरा खादाँ यसले एसिडिटीजस्ता विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । यस्तोमा बिहान खाली पेटमा के खाने के नखाने त ?

– केरामा क्याल्सियम, म्याग्नेसियम हुन्छ । त्यसैले खाली पेटमा केरा खाँदा क्याल्सियम, म्याग्नेसियमको ब्यालेन्स बिग्रने भएकाले एसिडिछी हुनसक्छ ।

– चियामा एसिडको मात्रा धेरै हुन्छ । त्यसैले बिहान खाली पेटमा चिया खाँदा पेट पोल्ने र दुख्ने लगायतका समस्या हुने गर्दछ ।

– दहीमा पाइने प्रोबायोटिक ब्याक्टेरिया खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ । खाली पेटमा दहीका सेवन गर्दा पेट पोल्ने समस्या हुने गर्दछ ।

– दुधमा पाइने स्याचुरेटेड फ्याट, प्रोटिनले पेटको मांसपेशीलाई कमजोर बनाउने गर्दछ । यसले अपच हुने र खकारको समस्या निम्त्याउने गर्दछ ।

– गुलियो खानेकुरा, मिठाई वा हलुवाजस्ता खानेकुरा खाली पेटमा खाँदा रगतमा चीनिको मात्रा बढ्नेछ । यसले आँखाको समस्या निम्त्याउने गर्दछ ।

– शखरखण्डमा टोनिक र प्याक्टिन हुन्छ जुन खाली पेटमा खादाँ पच्दैन । यसले छाती पोल्ने समस्या निम्तिन सक्छ ।

– हुनत अहिले आँपको सिजन सकियो तर शरिरमा गर्मी पैदा गराउँने क्षमता भएकाले बिहानको खाली पेटमा आँप खादाँ एसिडको स्तरमा वृद्धि हुन्छ र एसिडिटी बढ्नेछ ।

– सुन्तलामा अर्गानिक एसिड हुन्छ । त्यसैले एसिड धेरै बन्ने गर्दछ । यदि खाली पेटमा सुन्तला खाएमा एसिडको मात्रा बढ्दछ ।

– कोल्ड ड्रिङ्क्समा कार्बोनेट एसिड हुन्छ । यसलाई खाली पेटमा खाँदा बान्ता हुनसक्छ ।

– खरबुजामा आइरन, पोटासियम हुन्छ जो खाली पेटमा खाँदा एसिटिडी हुनसक्छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : २३ बजे

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय