कपिल शर्मा बन्दैछन् बुवा « Khabarhub

कपिल शर्मा बन्दैछन् बुवा


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चर्चित भारतीय कमेडियन कपिल शर्माको घरमा नयाँ सदस्यको आगमन हुने भएको समाचारहरु भारतीय सञ्चार माध्यमहरुमा प्रकाशन भएका छन् ।

भारतीय टीभीको एक शो ‘सास, वहू र सस्पेन्स’ को रिपोर्ट अनुसार कपिल शर्माको घरमा नयाँ सदस्यको आगमन हुन लागेको हो । समाचारका अनुसार कपिलकी श्रीमती गिन्नी शर्मा गर्भवती छिन् । कपिल र गिन्नीको विवाह डिसेम्बरमा भएको थियो ।

कपिलले १२ डिसेम्बर २०१८ मा आफ्नो बाल्यकालकी साथी गिन्नी चतरथसँग विवाह गरेका थिए ।

कपिल शर्माले सोनी टिभीमा द कपिल शर्मा शोको दोस्रो सिजनको सानदार शुरुवात गरेका छन् । कपिलको शो लगातार टीआरपी बटुल्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विवाह पछि कपिल टीभीमा फिर्ता भएका थिए ।

पहिलो शोका क्रममा शो का चर्चित कलाकार डा. गुलाटीसँग विवाद गरेका थिए । रक्सीका कारण भएको भनिएको विवादका कारण कपिलको कार्यक्रममा भूइचालो नै आएको थियो । धेरै जनाले शो छोडेका थिए भने अन्तिममा आएर कार्यक्रम नै बन्द भएको थियो ।

कपिलले सुनिल ग्रोबरमा फर्काउन निकै प्रयास गरेको भएपनि उनी सफल भएका थिएनन् । फ्यानहरले भने कपिल र सुनीलले सँगै काम गर्नुपर्ने बताउँदै आएका थिए ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ३ : ४० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार