माधव कमरेडलाई ‘होमसिक’ हुन्छ, एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई « Khabarhub

माधव कमरेडलाई ‘होमसिक’ हुन्छ, एमालेमै फर्किनुहुन्छ : योगेश भट्टराई


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरु एमालेमै फर्किने दावी गरेका छन् ।

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले पनि विभाजनमा लागेकाहरुको मनमा एमाले नै रहेकोले मुल पार्टीमा फर्किने दाबी गरे । ‘जो विभाजन लाग्नुभयो, उहाँहरुमा टिप्पणी छैन । धेरै नेता कार्यकर्ताको मनमा एमाले नै छ । अब माधव कमरेडले सपना देख्दा पनि एमाले नै देख्नुहुन्छ । उहाँलाई होमसिक जस्तै एमालेसिक हुन्छ । उहाँ यतै आउनुहुन्छ,’ भट्टराई भन्छन्, ‘उहाँ एमालेमा फर्किनुको विकल्प छैन । असफल प्रयत्नतिर नजाऔं । त्यसले कुनै शक्ति आर्जन गर्न सक्दैन, कम्युनिस्ट आन्दोलनलाई विभाजन गर्ने बाहेक कुनै काम छैन ।’

पार्टी पंक्ति र नेताहरुको सुझबुझका कारण विभाजनको असर खासै नपरेको उनले सुनाए । ‘जे कोसिस गर्‍यौं । यसले विभाजनको असर निकै कम भयो । जति तल गयो, विभाजनको असर उति कम भयो,’ उनले भने, ‘पार्टी विभाजन गर्नु हुन्न भन्ने एकताको पक्षधर साथीहरु एकजुट हुनुभयो । अझै अत्यन्त मेहनत गर्छौं । जहाँ घाटा लागेको छ, त्यसको पूर्ति गर्नुपर्छ ।’

कांग्रेस र माओवादीका कार्यकर्ता तानेर एमालेको क्षति पूर्ण गर्ने उनको भनाइ छ । ‘माओवादीका तल्लो तह निराश छन् । हामीले उनीहरुलाई एमालेमा आउन अपिल गरौं,’ उनले भने, ‘कांग्रेसका साथीहरुलाई पनि भनौं । हिजो भोट नहालेकाहरुलाई पनि एमालेमा आकर्षित गरौं ।’

भट्टराईले कांग्रेसले देशलाई विकल्प दिन नसक्ने भन्दै एमालेले बहुमत ल्याउने दावी गरे । ‘आगामी चुनावमा पनि कांग्रेसले बहुमत ल्याउन सक्दैन । किनकी उसले कुनै विकल्प दिन सक्दैन,’ उनी भन्छन्, ‘बहुमत ल्याउन सक्ने तागत एमालेसँग छ । राजनीतिक स्थायित्व र विकासका लागि एमालेको बहुमत अनिवार्य छ ।’ विभाजनमा लागेका नेता कार्यकर्ताहरुलाई मुल घरमै फर्किन उनको आग्रह छ ।

उनले एमालेकै नेतृत्वमा आगामी निर्वाचन हुने दावी गरेका छन् । अहिलेको सरकार असफल भएको भन्दै उनले एमालेको नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने बताए ।

उनले एमसीसीको बारेमा सत्तारुढ दलको धारणा स्पष्ट गर्न आग्रह गरे । ‘एमसीसीको बारेमा सत्तारुढ दलको धारणा के हो रु कांग्रेस, माओवादी र एकीकृत समाजवादीको धारणा के हो ? उहाँहरुको संसदीय दलले पास गरेको कहाँ छ ?,’ भट्टराईले भने, ‘धारणा स्पष्ट गर्नुस् । एमसीसी के गर्ने हो ?’

सरकारका कारण बजेट होल्ड भएको र यसले आर्थिक तथा वित्तीय अनुशासन ध्वस्त भएको उनको तर्क छ । २ महिना वितिसक्दा समेत सरकारलाई पूर्णता दिन नसक्नु अहिलेको गठबन्धनको असक्षम कदम भएको भट्टराईको भनाइ छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ३ : ०५ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास