नेपालको खराब ब्याटिङ, प्रमुख तीन ब्याट्सम्यान आउट « Khabarhub

नेपालको खराब ब्याटिङ, प्रमुख तीन ब्याट्सम्यान आउट


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत शुक्रबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ । ओमानको अल अमिरात मैदानमा नेपालले टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको थियो ।

टिमको स्कोरमा ५ रन हुँदा शून्यमा इनफर्म ब्याट्सम्यान आसिफ शेखका रुपमा नेपालले पहिलो विकेट गुमाएको थियो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर कुशल भुर्तेलबीच ५१ रनको साझेदारी भयो । भुर्तेल ३६ रन बनाएर ५६ को स्कोरमा आउट भए ।

भुर्तेलपछि मैदानमा आएका अर्का इन्फर्म ब्याट्सम्यान रोहित पौडेल पनि २ रन बनाएर टिमको स्कोर ६३ रन हुँदा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारी अहिले क्रिजमा छन् । ओमान भ्रमणमा सफल रहेका पौडेल, भुर्तेल र शेख आउट भएसँगै नेपालको ब्याटिङ संघर्षपूर्ण देखिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : २५ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा