बैंकिङ कसूरका मुद्दा किन बढ्दैछन् « Khabarhub

बैंकिङ कसूरका मुद्दा किन बढ्दैछन्


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई हाल भक्तपुर मध्यपुरठिमी –९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई हालै पक्राउ गरेको छ । उनी बैंकिङ कसूरजन्य अपराध मुद्दामा कैद तथा जरिमानाको सजाय सुनाइएका व्यक्ति हुन् ।

आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि एक जनालाई २५ लाख रुपैयाँको चेक दिएका श्रेष्ठलाई उच्च अदालत पाटनले गत २९ असारमा १० दिन कैद २५ लाख जरिवाना हुने ठहर गरेको थियो । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउको लागि ब्यूरोबाट परिचालित विशेष टोलीले ललितपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालत पेस गरेको छ ।

ब्यूरोको टोलीले चालु आर्थिक वर्ष ०७८/७९ को २ महिना (साउन र भदौ)को अवधिमा अदालतबाट बिभिन्न मुद्दामा कैद तथा जरिमानाको फैसला सुनाइएका २५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । त्यसमध्ये बैकिङ कसूरमा अदालतबाट कैद तथा सजाय सुनाइएका फरार प्रतिवादीको संख्या २३ जना छ । दुई जनामात्र अन्य मुद्दाका प्रतिवादी छन् । पक्राउ पर्नेमा १८ पुरूष र ५ महिला रहेका छन् ।

पक्राउ परेकाहरूबाट १० वर्ष ४ महिना ४ दिन कैद भुक्तानी तथा चार करोड ३१ हजार जरिमाना असुल गरिएको ब्यूरोले जनाएको छ । गत आव ०७७-७८ मा ब्यूरोले अदालतबाट दोषी ठहर भएका ५१ जना फरार प्रतिवादी पक्राउ गरेकोमा ४० जना बैकिङ कसूर मुद्दाका थिए । पक्राउ पर्ने बैंकिङ कसुर मुद्दाका प्रतिवादीबाट साढे ९ वर्ष कैद भुक्तानी तथा १४ करोड ७३ लाख १६ हजार ६ सय रुपैयाँ जरिमाना असुल गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

ब्यूरोको यो तथ्यांकले पछिल्लो समय आर्थिक अपराधका घटना बढिरहेको पुष्टि गर्दछ । ‘पछिल्लो सयम साइबर अपराधसँगै आर्थिक अपराधका घटना निकै बढेका छन्’, महतोले भने,‘ब्यूरोले पक्राउ गर्ने अधिकांश फरार प्रतिवादी बैकिङ कसूर मुद्दाका रहेका छन् ।’ मानिसले बिभिन्न प्रयोजनका लागि भनेर रकम सापटी लने, ब्याजमा लिने, सरसामान खरिद गरेवाफत तिर्नुपर्ने रकम समयमै नतिर्ने घटना बढेको उनले सुनाए ।

‘खातामा प्रयाप्त रकम नहुँदा पनि चेक दिने अनि उक्त चेक बाउन्स हुनेक्रम बढेको छ,’ महतोले भने, ‘पैसा तिर्नुपर्ने मान्छेलाई अल्झाउन चेक दिन्छन्, खातामा पैसा हुँदैन अनि पीडित पक्षले कानुनी उपचार खोज्दा ठग्नेहरू जानीनजानी कानुनको फन्दामा पर्छन् ।’ पूर्व महान्यायाधीक्ता रमेश वडाल कारोबार बढेकाले आर्थिक अपराधका घटना पनि बढेको बताउँछन् ।

‘आर्थिक गतिविधि बढेपछि त्यससँग सम्बन्धित अपराध पनि बढ्छ नै,’ वडाले भने, ‘तर पहिले चेक अनादर तथा ठगी कसूरमा चल्ने मुद्दाहरू अहिले बैकिङ कसुरमा चल्ने भएकाले बैकिङ कसूरको ग्राफ ह्वात्तै बढेको देखिएको हो ।’ कतिपयले कारोबारमा मन्दी आउँदा आम्दानी घटेर भनेको समयमा रकम तिर्न नसक्दा पनि बैकिङ कसूरमा सजाय भोग्नु परेको बुझाइ वडालको छ ।

‘कतिपयले जानीजानी ठग्छन् भने कतिपयले आम्दानीको स्रोत घटदा योजनाअनुसार रकम नआएर मुद्दा खेप्नु परेको छ,’ उनले भने, ‘जानीजानी कसूर गरेको हो की भवितव्यमा परेर कसूर गरेको देखिएको हो त्यसबारे अनुसन्धान गर्ने निकायले छुट्याउन सकेको देखिदैन ।’ उनी जानीजानी बद्मासी गर्ने र भवितव्यमा पर्नेको छुट्याएर अनुसन्धान गर्नुपर्ने बताउँछन् । प्रहरीका अनुसार देशभर बैकिङ कसूरका मुद्दाको संख्या वर्षेनी बढिरहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १२ : ४५ बजे

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन

बाढीले चीनको केरूङतर्फ पनि ठूलो क्षति, दर्जनौँ मानिस बेपत्ता

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट चीनतर्फ पनि ठूलो