रमेशको सांगीतिक ‘आशा राखी’ « Khabarhub

रमेशको सांगीतिक ‘आशा राखी’


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीतकार तथा मोडल रमेश दियालीले अमेरिकामा तयार पारेको गीत ‘आशा राखी मनको एउटा पत्र’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको संगीत र बानिका प्रधानको स्वर छ ।

अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियोमा एक प्रेमिल जोडीको मायाप्रेमलाई देखाइएको छ । म्युजिक भिडियो लक्ष्मण दियालीले निर्देशन गरेका हुन् भने छायांकन विनोद लाम्गादेको छ ।

भिडियोमा गीतकार रमेश दियालीका साथमा मुना क्षत्री र श्रद्धा परियार फिचर्ड छन् । भुटानी मुलका दियालीले दर्जनौं गीत रचना गरेका छन् भने थुप्रै म्युजिक भिडियोमा मोडलिङसमेत गरेका छन् ।

उनले छाप्रो नं. ५५ नामक उपन्यासलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले ‘सर्वोत्कृष्ट डायस्पोरा कृति पुरस्कार’ प्रदान गरेको छ ।

 

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १ : ०१ बजे

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना

देउवा र ओलीपछि प्रचण्डसँग सञ्चारमन्त्री खरेलको वार्ता

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन