सहयोगले मात्र राउटेको जीवनस्तर सुधार हुँदैन : अध्यक्ष तिमिल्सेना | Khabarhub Khabarhub

सहयोगले मात्र राउटेको जीवनस्तर सुधार हुँदैन : अध्यक्ष तिमिल्सेना


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सहयोग गरेर मात्र राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भएकाले राज्यले दिगो ढङ्गले सोच्नुपर्ने बताएक छन् । हाल बेलायतमा रहेका पर्वत जिल्लाका समाजसेवीले राउटे समुदायका लागि पठाएका सहयोग सामग्री हस्तान्तरण गर्दै उनले राउटेका लागि राज्यले बेग्लै नीति बनाउन जरुरी भइसकेको बताए ।

“राउटेलाई पैसा र सरसामान दिएरमात्र तिनको जीवनस्तरमा सुधार हुँदैन, यस्तो सहयोग दुरुपयोग हुन थालेको सुनिने गरेको छ”, सहयोग सामग्री हस्तान्तरण गर्न सल्यानको वनगाड कुपिन्डे नगरपालिका– १ घाटगाउँस्थित राउटे बस्तीमै पुगेका अध्यक्ष तिमिल्सेनाले भने, “राउटे भाषा, संस्कृति र जीवनशैलीको संरक्षण हुने गरी विशेष नीति तथा कार्यक्रम सञ्चालन गरिनुपर्छ र यस्मा स्थानीय तहले पनि बढी ध्यान दिनुपर्छ । ”
उनले चेतना (शिक्षा), स्वास्थ्य र आवासमा ध्यान दिन नसके राउटे छिट्टै लोप हुने चिन्ता पनि व्यक्त गरे । कर्णाली प्रदेशसभा सदस्य गुलाबजङ्ग शाहले राउटेलाई मदिराको कुलतबाट जोगाउनु नै मुख्य चुनौती रहेको बताए । उनले सामाजिक सुरक्षा भत्ताका साथै विभिन्न सरकारी÷गैरसरकारी निकाय र व्यक्तिले थुपै्र सहयोग गरेपनि त्यसको उचित सदुपयोग राउटे समुदायले गर्न नसकेकाले समस्या ज्यूका त्युँ रहेको टिप्पणी गरे ।
राउटे, लोपोन्मुख, सीमान्तृकत जाति उत्थान प्रतिष्ठानका केन्द्रीय अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले निस्वार्थ ढङ्गले राउटेका जीवनशैलीमा सुधार ल्याउन प्रयास गर्दा धेरै आरोप सहनुपरेको गुनासो गरे ।

बेलायत बस्दै आएका वीरेन्द्र केसी र रवीन्द्रजङ्ग लामिछानेले पठाएका ७५–७५ थान म्याट, बल्याङ्केट तथा प्रिफर्म, ५० थान पाल, चप्पल १२५ थान, साबुन, पिठोलगायत सामग्री पठाएका थिए । सल्यानको वनगाड कुपिन्डे नगरपालिकाको भेरी नदी किनारस्थित बालुवासङ्ग्रहीबाट एक साताअघि सोही नगरपालिकाको घाटगाउँमा राउटे बसाइँ सरेका थिए । समुदायमा आफ्ना कुनै सदस्यको मृत्यु हुँदा बसाइँ सर्ने प्रचलन रहेकाले पछिल्लो समय उनीहरूले छिटोछिटो बसाइँ सर्दै आएका छन् ।

नेपालकै अतिलोपोन्मुख यो समुदायमा १४१ जना छन् । सङ्घीय सरकारले यो समुदायको सामाजिक सुरक्षाका लागि मासिक रु तीन हजार प्रदान गर्दै आएको छ । रासस

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  २ : ४० बजे

चितवनमा सवारी दुर्घटना, सातजनाको मृत्यु, १८ घाइते

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी

म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने ? : रवि लामिछाने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका राष्ट्रिय

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको

सभापति लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको