प्रतिनिधिसभा आफैले प्रस्ताव पारित गरेमात्र विघटन हुने व्यवस्था आवश्यक : सभामुख सापकोटा « Khabarhub

प्रतिनिधिसभा आफैले प्रस्ताव पारित गरेमात्र विघटन हुने व्यवस्था आवश्यक : सभामुख सापकोटा


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक परे प्रतिनिधिसभाले प्रस्ताव पास गरेर मात्रै आफूलाई विघटन गर्न पाउनुपर्ने व्यवस्था आवश्यक रहेको बताएका छन् ।

शनिबार संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको विधायिकी खुलापन–लोकतन्त्र मेलालाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधि सभाको विघटन प्रतिनिधिसभाले मात्रै गर्न सके सबैभन्दा लोकतान्त्रिक हुने बताए ।

सबैभन्दा वैज्ञानिक र जनताको सार्वभौमिक अधिकारको सम्मानका लागि पनि यस्तो व्यवस्था हुनुपर्ने उनको भनाइ छ । जनताको चाहाना र राष्ट्रको आवश्यकताभन्दा अरु ठूलो केही हुन नसकने भन्दै उनले आफूले कानुनभन्दा बाहिर गएर कुनै काम नगर्ने धारणा राखे । संसदलाई अझै प्रभावकारी बनाउनका लागि अहिलेकै गतिमा सन्तुष्ट भएर बस्ने अवस्था नरहेकाले संसदलाई प्रभावकारी बनाउन भूमिका खेल्ने उनले बताए ।

त्यस्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विधि र विधान बनाउने क्रममा आफुले गरेको योगदानको मुल्याङ्कन गर्ने अवस्था आएको बताए । सभा चलाउनेदेखि सांसदहरुले पालना गर्नुपर्ने नियमका बारेमा जिम्मेवार हुनुपर्ने भन्दै उनले इतिहासको कठघरामा आनन्दित हुने काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बिधायन समितिका सभापति परशुराम मेघी गुरुङद्वारा लिखित नेपालमा कानूनको सामाजिक जाँच पुस्तक बिचोन गरिएकोे थियो भने बिभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो ।

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ४ : २० बजे

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन

बाढीले चीनको केरूङतर्फ पनि ठूलो क्षति, दर्जनौँ मानिस बेपत्ता

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट चीनतर्फ पनि ठूलो