प्रतिनिधिसभा आफैले प्रस्ताव पारित गरेमात्र विघटन हुने व्यवस्था आवश्यक : सभामुख सापकोटा | Khabarhub Khabarhub

प्रतिनिधिसभा आफैले प्रस्ताव पारित गरेमात्र विघटन हुने व्यवस्था आवश्यक : सभामुख सापकोटा


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक परे प्रतिनिधिसभाले प्रस्ताव पास गरेर मात्रै आफूलाई विघटन गर्न पाउनुपर्ने व्यवस्था आवश्यक रहेको बताएका छन् ।

शनिबार संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको विधायिकी खुलापन–लोकतन्त्र मेलालाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधि सभाको विघटन प्रतिनिधिसभाले मात्रै गर्न सके सबैभन्दा लोकतान्त्रिक हुने बताए ।

सबैभन्दा वैज्ञानिक र जनताको सार्वभौमिक अधिकारको सम्मानका लागि पनि यस्तो व्यवस्था हुनुपर्ने उनको भनाइ छ । जनताको चाहाना र राष्ट्रको आवश्यकताभन्दा अरु ठूलो केही हुन नसकने भन्दै उनले आफूले कानुनभन्दा बाहिर गएर कुनै काम नगर्ने धारणा राखे । संसदलाई अझै प्रभावकारी बनाउनका लागि अहिलेकै गतिमा सन्तुष्ट भएर बस्ने अवस्था नरहेकाले संसदलाई प्रभावकारी बनाउन भूमिका खेल्ने उनले बताए ।

त्यस्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विधि र विधान बनाउने क्रममा आफुले गरेको योगदानको मुल्याङ्कन गर्ने अवस्था आएको बताए । सभा चलाउनेदेखि सांसदहरुले पालना गर्नुपर्ने नियमका बारेमा जिम्मेवार हुनुपर्ने भन्दै उनले इतिहासको कठघरामा आनन्दित हुने काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बिधायन समितिका सभापति परशुराम मेघी गुरुङद्वारा लिखित नेपालमा कानूनको सामाजिक जाँच पुस्तक बिचोन गरिएकोे थियो भने बिभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो ।

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ४ : २० बजे

म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने ? : रवि लामिछाने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका राष्ट्रिय

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको

सभापति लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको

मानव स्वास्थ्यका लागि योग : केही अभ्यास (तस्बिरहरू)

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै