आगामी निर्वाचनपछि सत्ता गठबन्धनका दलहरू बिलाएर जान्छन् : ओली « Khabarhub

आगामी निर्वाचनपछि सत्ता गठबन्धनका दलहरू बिलाएर जान्छन् : ओली


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि गठबन्धन दलहरू बिलाएर जाने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी १४ महिनामा निर्वाचन हुने र त्यसपछि अहिले सरकारमा रहेका दलहहरु बिलाएर जाने टिप्पणी गरे ।

ओलीले मुलुकमा निर्वाचन हुन नदिन केही दलहरूले अलोकतान्त्रिक तवरले अनेक प्रपच्न रहेको आरोप पनि लगाए । गठबन्धनमा रहेका दलहरूले असंवैधानिक र अनैतिक काम गरेको भन्दै ओलीले निर्वाचन आयोग र सभामुखले पनि तमाशा देखाएको टिप्पणी गरे । उनले अदालतको आदेशबाट अस्वाभाविक ढंगले अस्वाभाविक उद्देश्यका लागि वर्तमान सरकार बनेको उल्लेख गर् ।

आफूले भ्रष्टचार अन्त्य गर्न प्रण गरे पनि अहिलेको सरकारले सेटिङमा अर्बौँको भ्रष्टाचारको खेल सुरु गरेको र त्यसका लागि सरकारले अहिले करको दायरा हेरफेर गरेको अध्यक्ष ओलीले बताए । अध्यक्ष उनले कर्मचारीलाई पनि सरकारले दुःख दिन सुरु गरेको तर्क गरे ।

उनले कर्मचारी राज्यको स्थायी सरकार भएको बताउँदै जुनसुकै दलको सरकार आए पनि सहयोग गर्न आग्रह गरे । विगतमा फरक दलको सरकार आउँदा कर्मचारीलाई असहयोग गर्न उर्दी गर्ने गरेको उनको भनाइ छ ।

कार्यक्रममा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनका उपाध्यक्ष अम्बिका धमलासहितका सदस्यहरु निजामति कर्मचारी संगठनमा समाहित भएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ५ : ०१ बजे

भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढी नारायणी नदी हुँदै देवघाट

थप उद्धार सामग्रीसहित सुरक्षा टोली बाढी प्रभावित क्षेत्रमा प्रस्थान

काठमाडौं– सरकारले भोटेकोशी नदी रसुवाका बाढी प्रभावित क्षेत्रमा थप उद्धार

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा

बाढी प्रभावित क्षेत्रमा ३ दिनका लागि एनसेलको डेटा र भ्वाइस निःशुल्क

काठमाडौं– एनसेलले बुधबार बिहान रसुवा जिल्लामा अचानक आएको भीषण बाढीबाट

हेलिकप्टर परिचालन थप सशक्त बनाई प्रभावितको तीव्र उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र