साप्ताहिक राशिफल (जेठ ५ देखि ११ गतेसम्म) | Khabarhub Khabarhub

साप्ताहिक राशिफल (जेठ ५ देखि ११ गतेसम्म)


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसहरुको जन्मकुण्डली, उसको फलादेश लगायत विभिन्न भविष्यवाणी जन्म समयलाई आधार मानेर गरिन्छ । उसको राशि पनि जन्म समयबाटै निर्धारण गरिन्छ ।

कुनै पनि व्यक्तिको जन्म समय ठिक छ भने ज्योतिष शास्त्रबाट गरिने उसको फलादेश पनि मिन्छ । ‘एस्ट्रो राज’ले गर्नुभएको साप्ताहिक (वैशाख २९ देखि जेठ ४ गतेसम्म) को राशिफल यसप्रकार छ :

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
महत्वपूर्ण अवसर गुम्न सक्छ । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । अधिकार प्राप्तिका अथक प्रयास गर्नुपर्ने छ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । जीवनशैलीमा परिवर्तन ल्याउन थप मेहनतको खाँचो छ । साताको शुरु र अन्त्य तपाईका लागि शुभ रहने छ । प्रेम तथा मित्रताको बन्धन कसिलो बन्ने छ । दाम्पत्य जीवन सुखमय देखिन्छ । अध्ययन अध्यापनमा रुची बढ्ने छ । स्वास्थ्यमा गडबढी आउने देखिन्छ । बोलीमा प्रभाव नदेखिएला । तपाईको मेहनतको प्रतिफल अरुले नै लिने योग देखिन्छ । बुधबार र विहीबार तपाईका लागि राम्रो देखिन्छ । तपाइले चालेका योजनामा क्रमिश सुधार आएको आभास हुनेछ । शुक्रबारको दिन पनि सन्तोषजनक नै बित्नेछ । शनिबार सवैभन्दा उत्तम दिन छ । प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसर हात पार्न सकिनेछ । रमाइलो जमघटमा सहभागी हुने अवसर प्राप्त होला। मन खिन्न रहे पनि सप्ताहन्तमा पुनः उत्साह जाग्नेछ । यो साता तपाईको मध्यम छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
यो साता तपाइको सुखद वित्नेछ । पारिवारिक साथ-सहयोग मिल्ने छ । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनु उत्तम । पहिलेदेखिको योजना कार्यान्वनयमा ढिलाइ गर्नाले पछि परिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । भविष्यका निम्ति ठोस निर्णय गर्न पारिवारिक मत मिल्नेछ । तपाईको यो साताको पहिलो तीन दिन तुलनात्मक रुपमा राम्रो नदेखिए पनि त्यसपछिका चार दिन भने उत्तम रहनेछन् । नाम र दाम दुवै कमाउने योग छ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै रुची रहेपनि त्यो दीगो बन्नेछ । सिर्जनात्मक काममा हात हाल्नुहोला । माया प्रेममा सुमधुरता । व्यापार व्यावसायमा सन्तुष्टि प्राप्त हुने योग छ । यात्रा रमाइलो बन्नेछ । छोटो दूरीको यात्रा तय गर्दा राम्रो । सामाजिक सम्बन्धहरुमा सामिप्यता बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । चाँडै अरुको विश्वास नगरिहाल्नुहोला ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
साताको पहिलो दिन तपाईको राम्रो देखिदैन । राजनैतिक कार्यमा बाधा आउनेछ । मनमा चञ्चलता । अचल सम्पत्तिको कारोबार गर्दा शुभ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ला। त्यसपछि अध्ययनमा सुधार आउँला । पारिवारिक साथ र सहयोग मिल्नेछ । सोमबार र मंगलबार तपाइका लागि मध्यम देखिन्छ । गणेश भगवानको पूजा गर्नुहोला । ईष्या गर्नेहरूलाई पुरुषार्थी काम गरेर देखाउन सकिनेछ । अप्ठ्यारो परिस्थितिसँग सम्झैता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्यारउनेछ । खर्च भए पनि फाइदाजनक काममा लगानी गर्ने अवसर जुट्नेछ । मिथुन राशि हुनेहरुका लागि बुधबार र विहीबार सवैभन्दा राम्रो छ । मिष्ठान भोजनको अवसर मिल्नेछ । वैदेशिक यात्रा सुख रहने देखिन्छ । आफन्तको राम्रै साथ सहयोग मिल्नेछ । आटेको काम बन्ने, मनले चिताएको पूरा होला । शुक्रबार व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थयमा सामान्य समस्या देखिन सक्ला । अनावश्यक खर्च बढ्न सक्छ, अरुको कुरामा चाडो विश्वास नगर्दा राम्रो ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पूरा होला । यात्रामा सावधानी अपनाउनु होला । बोलीको प्रभाव पनि बढ्नेछ । समाजसेवा तथा राजनितिमा बढी रुचि जाग्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आयका स्रोतहरु बढ्ने देखिन्छ । लामो तथा छोटो दूरीको यात्रामा समय खर्चनुपर्नेछ । घरेलु काममा अलमलिँदा महत्वपूर्ण कार्य ओझेलमा पर्न सक्छ । अनुसन्धानात्मक क्षेत्रमा बढी रुची जाग्नेछ । विहीबारको दिन राम्रो देखिदैन, मनमा अनेक तर्क वितर्कको अन्तर्संघर्ष देखिनेछ । जबर्जस्ती कामहरु थाल्नुभयो भने बीचमै रोकिनेछन् । शुक्रबार र शनिबार भने सुखद् देखिन्छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । मान, प्रतिष्ठा र ईज्जत कमाउनुहुनेछ । प्रेम सम्बन्धमा पनि सुधार आउने छ । अनावश्यक खर्च भने बढ्ने देखिन्छ । वैदेशिक यात्राको अवसर मिल्नेछ । अनुभव नभएको व्यवसायमा ठूलो लगानी गर्दा नोक्सान हुन सक्छ । साताको अन्त्यमा शुभ तथा मांगलिक कार्यमा धन खर्च हुन सक्छ ।

सिहं (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
बोलीमा प्रभाव रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । धार्मिक यात्राको योग छ । मित्रजनको साथ मिल्ने छ । मन प्रफुल्लित । मनलाई दरिलो बनाई गरिएको निर्णय आफ्नै हितमा हुनेछ । जतिसुकै सहयोग गरे पनि आफन्तहरूले तपाईंको आलोचना गर्न छाडेका छैनन । जोडी नम्बरको सवारी साधन तथा रातो रंगको पहिरनले यात्रा सहज बनाउने देखिन्छ । साताको शुरु र अन्तको तपाइका लागि मध्यम देखिन्छ । सोमबार स्वास्थ्यमा गडबडी देखिएला । शुरु गरेका कामहरु सम्पादन गर्न समय लाग्नेछ, ज्यानमा आलस्यता उब्जिने छ । सहयोग भन्दा पनि आश्वासन बढी पाइएला । गोप्य कुराहरु आफन्तलाई पनि नसुनाउँदा राम्रो । मंगलबार र बुधबार राजनीतिमा रुची जाग्नेछ । विहीबार अध्ययनमा रुची बढ्ने छ । शुक्रबारको दिन पनि सुखद रहनेछ । जमघटको अवसर जुट्ला । मन प्रशन्न हुनेछ । कृषि तथा व्यापारमा पनि सन्तुष्टि मिल्ने छ । सम्मान पाउने योग छ । मनमा चञ्चलता पैदा हुने देखिन्छ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
साताको शुरुदेखि बुधबारसम्म तपाईको राम्रो छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्यबाट सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो होला । आँटेका काममा सफलता मिल्नेछ । बोलिमा प्रभाव रहला । अध्ययन अध्यापनमा रुची बढ्ने छ । धार्मिक कुरामा बढी रुची रहला । छोटो दूरीको यात्राको योग छ । साहित्य तथा संगीत क्षेत्रमा रुची बढ्ला । अध्यात्म तथा धार्मिक क्षेत्रमा चासो बढी देखिनेछ । प्रेम सम्बन्धमा भने विभिन्न शंका उपशंका उब्जिनेछन् । समयमै सचेत बन्नुहोला । विहीबार र शुक्रबार दुई दिन तपाइका लागि त्यति साम्रो समय देखिदैन । काममा व्यवधान आउँदा । मनामा शंका उब्जिेनेछन् । स्वास्थ्यमा सामान्य गडबडी आउन सक्ने छ । साताको अन्तिम दिन भने तपाइको राम्रो देखिनेछ । पारिवारिक सम्बन्ध मजबुत देखिनेछ । अध्ययन अध्यापनमा रुची बढ्ने छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
साताको अन्त तपाईका लागि राम्रो देखिदैन । साताको शुरु दाम्पत्य जीवन सुखमय रहला । मनमा शान्ति छाउनेछ । आर्थिक क्षेत्रमा सफलता मिल्ने योग । महिला साथीबाट धोका होला । आलोचना गर्नेहरूले स–साना त्रुटि औंल्याइदिँदा आफू अझ उचाइमा पुगिनेछ । सूर्यको आराधनाले भयमुक्त हुन सहयोग पुर्याउनेछ । बाहिरी खानपान एवं भोजभतेरमा संयम अपनाउनुपर्नेछ । अरु दिन भने तपाईका लागि मध्ययम रहने छन् । सोमबारदेखि शुक्रबारसम्म रोकिएका कामहरु बन्ने सम्भावना देखिन्छ । बोलीमा प्रभाव रहने छ । आफन्तबाट पनि सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । गरिरहेका कामबाट सन्तुष्टि मिल्नेछ । यात्रा पनि फलदायी बन्नेछ । घरायरि सुख सुबिधाले तपाईलाई प्रफूल्लित बनाउने छ । साताको अन्तिम दिन खर्चको योग बढी देखिन्छ । अविश्वासको वातावरण बन्नेछ । कुनै आरोप समेत लाग्नेछ । तपाईले गरेको मेहनतको प्रतिफल अर्कैका लागि हुने देखिन्छ । पारिवारिक खटपटको अवस्था समेत सिर्जना हुने देखिन्छ ।

बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
यो साता तपाईका लागि औसत रहने छ । दिनको उत्तरार्ध सुखद् रहनेछ । सही निर्णय लिनुस् । राजनैतिक कार्यमा सफलता मिल्नेछ । टाढा रहेका साथीहरूसँग बिग्रिएको सम्बन्ध पुनः स्थापित हुनेछ । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धिसँगै वैदेशिक रोजगारीको अवसर जुर्नेछ । सामाजिक तथा परोपकारी कार्यमा रुचि जाग्नेछ । बहुमूल्य धातु तथा विलासिताका साधन खरिद गर्दा होसियारी अपनाउनुपर्नेछ । सरोकारका विषयमा सपरिवार संलग्न भइनेछ । पढन पाढनमा मन जानेछ । यात्रा रमाइलो हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले प्रफुल्लित हुनुहुनेछ । सातको अन्तिम दिन विवाद तथा आरोप आइलाग्न सक्छ । आश्वासन बाढ्नेहरु बढी आउनेछन् । सवैभन्दा उत्तम दिन विहीबार हुनेछ भने सवैभन्दा नराम्रो दिन शनिबार छ । शनि देवको पूजाविधि अपनाउनुहोला । विहीबार उत्तम दिन भएको हुँदा शुभ कार्यमा हात हाल्दा राम्रो सोमबारबाट थालनी गरेपछि नराम्रो देखिँदैन ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
यो साता तपाईका लागि त्यति राम्रो देखिँदैन । यात्रामा बाधा, अडचन आउला। महत्वपूर्ण अवसर गुम्न सम्भावना । आफ्नैबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला । मन अशान्त । पहेंलो रंगलाई प्राथमिकता दिए मनमा उत्साह सञ्चार हुन सक्छ । ईष्टमित्र तथा आफन्तकै विश्वास गुमाउने खतरा छ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने देखिँदैन शत्रुपक्ष बलियो हुने देखिन्छ । तपाइको मनोबल पनि गिर्ने छ । बुधबार र विहीबार भने तपाईका लागि अन्य दिनको तुलनामा समय राम्रो देखिन्छ । लामो समयदेखि रोकिएको कामको गाँठो स्वतः फुक्नेछ । रचनात्मक कामले हितैषीहरूको मनमा प्रभाव पार्नेछ । केही खुशीका क्षणहरु आउने छन् । साताका अन्तिम दुई दिन पनि तपाईका लागि राम्रो देखिदैन । स्वास्थ्यमा पनि सुधार आउँला । अध्ययनमा रुची जाग्ला । व्यापार व्यावसायमा तपाईले सोचेजस्तो नभए पनि औसत रहने छ । पारिवारिक समस्या देखिने छ । अरुको बोलीमा विश्वास नगर्नुहोला । झुठा आरोप आइलाग्न सक्छन् । सवारि चलाउँदा चोटपटक तथा दुर्घटना हुन सक्छ । सचेत रहनुहोला ।

मकर (भो, ज, जी, खी, खू, खे, खो, गा, गी)
यो साता तपाईका लागि मध्यम रहनेछन् । वैदेशिक कार्यमा शुख । मौनता अपनाउनु राम्रो । अधुरो काम पूरा हुने। चार दिनको अवधिमा तपाइले राम्रै उपलब्धि हात पार्नु हुनेछ । सामाजिक प्रतिष्ठा मिल्ने छ । स्वास्थयमा भने सामान्य समस्या आउँला । खर्च बढी भए पनि मन प्रफूलित हुनेछ । पढाई लेखाईमा पनि रुची बढ्नेछ । शुक्रबार र शनिबार व्यापार व्यावसायमा घाटा देखिन्छ । साताका अन्तिम दुई दिन यात्राको योग छ । छोटो दूरीको यात्रा फलदायी रहला । भेटघाटले उन्नतिको मार्ग पहिल्याउन सहज बनाउनेछ। दापत्य जीवन पनि सुखमय रहनेछ । ठूलाबडाको संगतले भविष्यमा आइलाग्ने समस्या पहिचान गर्न सकिनेछ । सरकारी तथा निजी क्षेत्रमा पुनः प्रयत्न गरे अवसर हात लाग्न सक्छ । व्यवसायमा गरिएको लगानीले पिरोल्ने सम्भावना छ । बुधबार मुद्दा मामिला तपाइका पक्षमा आउने योग देखिन्छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, द)
यो साता तपाईका लागि औसत रहनेछ । चुनौतीको सामना गर्दा प्रतिफल हात लाग्ला । आजको दिन शुभ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । नयाँ काममा लगानी गर्दा अभिभावकहरूको सुझाव तथा सहयोगको आवश्यकता पर्नेछ। चियोचर्चा गर्नेहरूरसँग सावधान रहनुहोला । प्रेमी–प्रेमिकासँगको सम्बन्ध निराशामा परिणत हुने सम्भावना छ । पहिलो दुई दिन राम्रो छ भने त्यसपछिका दुई दिन मंगल र बुधबार राम्रो देखिदैन । विहीबार र शुक्रबार फेरि राम्रो भए पनि शनिबार शुभ छैन । आइतबार र सोमबार रमाईलो भेटघाट हुने तथा स्वादिष्ष्ट भोजनको अवसर जुर्ला । त्यसपछिका दुई दिन पुनः तपाईको पक्षमा आउनेछन् । व्यापारमा लगानी गर्दा राम्रो होला । नयाँ योजना बुन्नुहोला । पारिवारिक र प्रेम सम्बन्धमा सुमधुरता रहनेछ । साताको अन्तिम दिन स्वास्थयमा सामान्य गडबडी आउने छ । अनावश्यक खर्च बढ्ला । झै–झगडा तथा विवाद निम्तिन सक्ला ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
स्वास्थ्यमा समस्या आउँन सक्छ । अचल सम्पत्ति हात पर्ला । राम्रो सहयात्रीको साथ पाइने सम्भावना प्रवल छ । यो साता तपाईको सखुद रहनेछ । पराक्रमसँग जोश जाँगर बढ्नेछ । लगानीको प्रतिफल प्राप्त हुनेछ । विरोधीहरु कमजोर सावित हुनेछन् । अनेक कुराहरु सुनिए पनि तपाइको बोलीको प्रभाव पर्नेछ । पारिवारिक सम्बन्धमा पनि सुधार आउने छ । आर्थिक लाभको योग छ । अध्यन अध्यापनमा अभिरुचि बढेर जानेछ । साताको अन्त्यमा स्वास्थ्यमा गडबडी देखा पर्न सक्छ। वैदेशि यात्राको पनि योग देखिन्छ । घर जग्गाको कारेबार गर्दा राम्रै हुने देखिन्छ । व्यापार व्यवसायबाट पनि आन्दानी राम्रै रहला । उपाहार तथा भौतिक सम्पति प्राप्तिको योग छ । आफ्नो सफलतालाई अझ माथि लान मन मिल्ने साथीभाइको सुझाव आत्मसात् गर्नुहोला । स्वदेश तथा विदेशका विविध क्षेत्रमा अरूको मन जित्न सकिनेछ । प्रेमी–प्रेमिकाबाट आफूले अपेक्षा गरेभन्दा बढी सहयोग पाइनेछ । सुनौलो रंगलाई पछ्याउँदा अपेक्षा गरेभन्दा छिटो सफलता हात पर्नेछ। प्रतिकूल अवस्थामा अरूको मुख ताक्दा पछि परिएला ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ५ : ५९ बजे

समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ

भेरीगङ्गा– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समय सान्दर्भिक हुलाक

‘कबड्डी’ जोडी दयाहाङ र रिश्माको नयाँ फिल्म ‘रिमै’को प्रदर्शन भदौ २७ मा

काठमाडौं – फिल्म ‘कबड्डी’को जोडी नायक दयाहाङ र नायिका रिश्मा

अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्न सहमति

जेनेभा– अमेरिका र चीनले सोमबार दुई पक्षीय व्यापार युद्धलाई कम

राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

दमौली– राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

काठमाडौं– वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ ।