यातायातका कर्मचारी र बिचौलियाबीच कनेक्सन, एउटा सूचना दिन ५० रुपैयाँ | Khabarhub Khabarhub

यातायातका कर्मचारी र बिचौलियाबीच कनेक्सन, एउटा सूचना दिन ५० रुपैयाँ


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले नै यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारी र बिचौलियबीच गहिरो कनेक्सन रहने गरेको निष्कर्ष निकालेको राजधानी दैनिकमा खबर छ ।

सोही कनेक्सनका आधारमा बिचौलियाहरूले ट्रायल परीक्षाको सूचना दिनसमेत सेवाग्राहीबाट प्रतिसेवाग्राही ५० रुपैयाँ लिने गरेको समेत पाइएको छ । सेवाग्राहीबाट बिचौलियाले उठाउने गरेको रकमको केही भाग कार्यालयका कर्मचारीसँग समेत पुग्ने भएकाले कार्यालय प्रमुखले कार्यालयको सूचना प्रणालीलाई प्रभावकारी नबनाएर बिचौलिया पोस्ने काम गरिरहेको स्रोतको भनाइ छ ।

बिचौलियासँगको साठगाँठका कारण कार्यालयको सूचना बिचौलियाबाट पैसा तिरेर पाइने तर कार्यालयले सूचना नदिने गरेको समेत पाइएको छ ।

सतर्कता केन्द्रले गठन गरेको छानबिन समितिले कार्यालयले दिने सूचनाको सम्बन्धमा सेवाग्राहीसँग बुझ्दा बिचौलियाले सेवाग्राहीसँग ५० रुपैयाँसम्म पैसा लिएर ट्रायल परीक्षाको जानकारी मोबाइलबाट गराउने गरेको पाइएको निष्कर्ष निकालेको हो । ‘कार्यालयकै कर्मचारीको मिलेमतोमा सेवाग्राहीलाई कार्यालयले प्रत्यक्ष रूपमा सूचना नदिएर बिचौलियामार्फत सूचना दिने वातावरण सिर्जना गरेको पाइयो,’ सकर्तकता केन्द्रका एक अधिकारीले भने । केन्द्रको छानबिन समितिले बिचौलियासँगको कनेक्सनका कारण त्यस्तो कार्य नियन्त्रण गर्न कार्यालयले बेवास्ता गरेको समेत पाइएको औंल्याएको छ ।

बिचौलियाले प्रतिसूचना ५० रुपैयाँसम्म लिइरहँदा पनि कार्यालय प्रमुखले बेवास्ता गर्नुले आर्थिक चलखेल भएको हुन सक्ने ठहर केन्द्रको छानबिन समितिले गरेको हो । केन्द्रको प्रतिवेदनका अनुसार दिनहुँ सर्वसाधारणको हजारौं रकम गुमिरहेको छ भने बिचौलिया र कर्मचारी मोटाइरहेका छन् ।

पत्रिकाले प्रदूषणरहित सहर संघीय राजधानी ! शीर्षकमा अर्को समाचार छापेको छ । संघीय राजधानी उपत्यकालाई प्रदूषणरहित सहरका रूपमा विकास गर्न सरकारले विशेष कार्यक्रम ल्याएको छ । सरकारले ल्याएको योजनालाई मूर्त रूप दिन सरोकारवाला निकायले विशेष अभियान सञ्चालन गरेका छन् । काठमाडौंलाई कस्तो बनाउने भनेर लामो समयदेखि विभिन्न तहमा बहस हुँदै आइरहेको छ ।

‘फुटपाथका र पोके व्यापारीलाई मुख्य सडकपेटी र आकाशेपुलबाट तत्काल हटाउनुपर्छ,’ सांसद गगन थापाले भने, ‘अहिले भएको के छ भने सडक किनार, पुल–पुलेसा, मन्दिर, पेटी, गुम्बा, मैदान जहाँ पायो, त्यहीँ एउटा च्यादर ओछ्यायो, पसल थाप्यो ।’ काठमाडौं सहरलाई कुरूप बनाउन यस्तै गतिविधि हुने गरेको उनको निष्कर्ष छ । सभ्य र विकसित देशमा यस्तो अनुशासनहीन काम कसैले गरिरहेका हुँदैनन् । यिनै कारण पनि विदेशीको अगाडि हामी लज्जित हुनुपरेको सांसदहरूको बुझाइ छ । आकाशे पुल पैदलयात्रीका लागि बनाइएको हो कि व्यापारीलाई पसल फिँजाउनका लागि बनाइएको हो ? उनले पश्न गरे ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको चरम लापर्बाहीबारे पत्रिकाले छापेको समाचारमा मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य हो । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुगेका हरेक सेवाग्राही स्वतः यसको साक्षी बन्ने गरेका छन् । त्यहाँ पुग्ने सेवाग्राहीले विभिन्न खाले समस्या झेल्न बाध्य हुने गरेका छन् ।

मार्कसिट र ट्रान्सक्रिप्टमा पटकपटक दोहोरिने लापर्बाही, कर्मचारीको ढिलासुस्ती, सेवाग्राहीलाई हेयको भावले हेर्ने प्रवृत्ति, लामो लाम, कामको चाप यसका मुख्य विशेषता हुन् । ६० आंगिक र एउटा केन्द्रीय क्याम्पस भएको त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय भने एउटा मात्र छ । देशैभरका विद्यार्थीले सेवा लिन आउने भएकाले अत्यधिक चाप हुने गरेको यो कार्यालय कमजोर सेवा प्रवाहको उदाहरण भएको छ । पनिकाका समस्या एक/दुई मात्र छैनन् । सबैभन्दा ठूलो समस्या भनेको यो कार्यालय अहिले पनि प्रविधिमैत्री बन्न सकेको छैन ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ६ : ४९ बजे

अमेरिकाविरुद्ध अर्धशतक बनाउन कप्तान पौडेल एक रनले चुके

काठमाडौं – नेपालका कप्तान रोहितकुमार पौडेलले अमेरिकाविरुद्ध अर्धशतक प्रहार गर्न

दसैँ अवधिभर कोशीमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

इनरुवा– दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना

नेपालले अमेरिकालाई दियो १६५ रनको चुनौती

काठमाडौं- नेपालले अमेरिकालाई १६५ रनको चुनौती दिएको छ । टि–२०

म्याग्दीका छ वडामा स्वास्थ्यचौकी भवन निर्माण

गलेश्वर– पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका छवटा वडामा स्वास्थ्यचौकी भवन निर्माण

बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध, स्थानीय मारमा

दमौली– बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारण