पीएजीको अपराजित यात्रा कायमै, प्रशिक्षकसँग मेस्सी असन्तुष्ट « Khabarhub

पीएजीको अपराजित यात्रा कायमै, प्रशिक्षकसँग मेस्सी असन्तुष्ट


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अपराजित यात्रा कायमै राखेको छ ।

आइतबार राति पीएसजीले लियोनलाई २–१ गोलले हराउँदै पीएसजीले अपराजित यात्रा कायमै राखेको हो ।

पीएसजीको जितमा नेयमार र इकार्डीले गोल गरे । लियोनका टोलेन्टिनो कोएल्हो डे लिमाले एक गोल फर्काए ।

जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले ६ खेलबाट शत प्रतिशत जितसहित १८ अंक बटुलेको छ ।

मेस्सी असन्तुष्ट

घरेलु मैदानमा पहिलो पटक उत्रिएका लियोनल मेस्सी प्रशिक्षकसँग असन्तुष्ट बनेका छन् ।

दोस्रो हाफमा उनलाई मैदान बाहिर निकालिएपछि उनी प्रशिक्षक मौरिसियो पोचिटिनोसँग असन्तुष्ट भएका हुन् ।

पहिलो हाफमा उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने गोलकिपर एन्थोनी लोप्सले समेत राम्रो बचाउ गरेका थिए । उनको स्थानमा आच्राफ हाकिमी मैदान छिरेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : २६ बजे

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट