अमेरिका पठाउने प्रलोभन देखाएर 'रोहिङ्ग्या शरणार्थीको तस्करी', काठमाडौँबाट तीन जना पक्राउ | Khabarhub Khabarhub

अमेरिका पठाउने प्रलोभन देखाएर ‘रोहिङ्ग्या शरणार्थीको तस्करी’, काठमाडौँबाट तीन जना पक्राउ


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशमा रहेका रोहिङ्ग्या शरणार्थीलाई अमेरिका पठाउने प्रलोभन देखाएर नेपाल ल्याएको आरोपमा प्रहरीले तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्मेली नागरिकहरु २७ वर्षीय नरुल अमिन, २७ वर्षीय सफिक आलम र बंगलादेशी नागरिक ३० वर्षीय अजमत उल्लाह रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

सीआईबीका अनुसार काठमाडौंमा कपडा बेच्दै हिँड्ने वर्मेली नागरिक नरुल अमिन सोमबार पक्राउ परेका हुन् । सामाखुशीको कान्तिपुर हार्डवेयरमा काम गर्ने वर्मेली नागरिक सफिक र टंकेश्वरमा कपडा पसल सञ्चालन गर्ने वंगलादेशी नागरिक अजमत असोज २ गते पक्राउ परेको सीआईबीले जनाएको छ ।

बंगलादेशको शरणार्थी क्याम्पमा भएका उनीहरुलाई नेपालबाट अमेरिका युरोप लगायतका देशमा पठाइदिन्छु, नेपाल पुगेपछि अमेरिका जान परिसचयपत्र पाइने मात्र नभएर मासिक भत्ता समेत पाइने लगायतका प्रलोभन दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उनीहरुलाई मासिक प्रतिव्यक्ति पूरुषलाइ ५ हजार ७५०, महिलालाई ३ हजार ७५० भत्ता दिने, अन्य सुविधा समेत राम्रो हुने जस्ता प्रलोभन देखाएर नेपाल ल्याइने गरेको खुलेको हो । पक्राउ परेका उनीहरुलाई अनुसन्धान तथा कारबाहीका लागि मानव बेचविखन व्यूरोमा पठाइएको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोले जनाए ।

रोहिङ्ग्या शरणार्थीलाई ढाकादेखि काठमाडौं ल्याएको २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) लिएको पाइएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : ०९ बजे

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा