हामी रैथाने लोकतन्त्रीवादी हाैँ, कांग्रेसको भन्दा हाम्रो कम त्याग छैन : ओली « Khabarhub

हामी रैथाने लोकतन्त्रीवादी हाैँ, कांग्रेसको भन्दा हाम्रो कम त्याग छैन : ओली


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसकै कारण राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लाद्न पाएको दाबी गरेका छन् ।

श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २००७ सालको क्रान्तिपछि कांग्रेसले कम्युनिस्टमाथि निषेधको राजनीति गर्दा पञ्चायत आएको आरोप लगाए ।

‘कांग्रेसको सुरुदेखि नै एउटा प्रवृत्ति देखायो । राणा प्रधानमन्त्री हुँदा बरु कम्युनिस्ट पार्टीले सहकार्य गर्न पायो । तर, कांग्रेसले पुष्पलालजस्ता कम्युनिस्टमाथि प्रतिबन्ध लगायो । निषेधको राजनीति गर्‍यो । ०१७ साल कसरी आयो भने प्रगतिशील शक्ति दबाउने र प्रतिक्रियावादी शक्तिसँग सहकार्य गर्दा आयो । राजनीतिक शक्तिबीच एकता नभएको र दलहरूबीच फाटोको फाइदा प्रतिक्रियावादीले लिए,’ ओलीले भने ।

०१७ सालपछि पुष्पलालले अग्रपंक्तिमा ‘कु’ विरुद्ध लडेको, कांग्रेसका नेता कार्यकर्ताको रिहाइको माग गरेको उल्लेख गर्दै ओलीले पुष्पलाले मिलेर जाउँ भन्दा बिपीले अस्वीकार गरेको र बिपीसँग पुष्पलाल मिलेर जान नसकेको बताए ।

तर, मदन भण्डारीले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई कन्भिन्स गरेर ०४६ मा संयुक्त जनआन्दोलन सफल भएको र निरंकुश पञ्चायत ढाल्न सफल भएको ओलीको भनाइ थियो ।

‘यसबीचमा संसदीय निर्वाचन गराउने, संविधान बनाउने, संसदलाई कसरी अगाडि बढाउने कामहरू भए । सामाजिक न्याय समानताको प्रश्नलाई कसरी हल गर्ने भनेर मदन भण्डारीले सिलसिलेवार विचार दिनुभयो । सही विचार निकाल्ने र सम्प्रेषण अत्यन्तै प्रभावकारी ढंगले गर्नुभयो,’ उनले भने ।

०४७ सालको संविधानमा पनि भण्डारीले केही बुँदामा असहमति जनाएको र ती असहमतिहरू ४ जेठ ०६३ मा आइपुगेर पुनर्स्थापित संसदमा पेस भएको स्मरण गरे । ‘मदन भण्डारीका सामाजिक न्याय र समानताका प्रश्नलाई पत्नी विद्यादेवी भण्डारीले सर्वदलीय सहमति जुटाएर पुनर्स्थापित संसदमा चार बुँदे पेस गर्नुभयो । महिलालाई ३३ प्रतिशत, अंशवण्डाको अधिकार लगायतका कुराहरू अगाडि बढाउनुभयो । जसले पछि संविधानमा स्थान बनायो । अहिले हामी अघि बढ्दैछौं,’ उनले भने ।

नेपाली समाजको स्थिति के हो, यसलाई कसरी अगाडि बढाउने भनेर मदन भण्डारीले बाटो देखाएको औलीको भनाइ थियो । ‘परिवर्तन मौलिक ढंगले हुन्छ । विचारधारा प्रयोगबाट निस्किन्छ भन्ने देखाए । विचार युगीन हुन्छ । चिन्तनहरू व्यवहारबाटै सिर्जना हुन्छ । मदन भण्डारी त्यहीँ बाटोबाट अघि बढ्दै जाँदा जनताको बहहुदलीय जनवाद आयो,’ उनले भने ।

मदन भण्डारीले समाजलाई योगदान, मार्गदर्शक गर्ने, अनुपयुक्त समाजलाई उपयुक्त मार्गतिर लाने, विचारमा संगठित गर्ने, मानव समुदायलाई प्रतिनिधित्व गर्ने त्यसलाई एउटा वैचारिक आन्दोलन गर्ने अगाडि बढाउने काम गरेको र उनको जीवन असाधारण गतिमय रहेको ओलीको भनाइ थियो ।

उनले लोकतन्त्रका लागि नेपाली कांग्रेसका नेताको भन्दा कम त्याग आफूहरुले नभएको बताए ।  उनीभन्दा अगाडि बोलेका पूर्वसभामुख दमननाथ ढुंगानाले कम्युनिस्टहरुले पावर केन्द्रित गर्छन् भनेका थिए । त्यसमा असहमति जनाउँदै ओलीले आफूहरुले रगत पसिना बगाएर लोकतन्त्र ल्याएको बताए ।

उनले भने, ‘हामी अतिथि लोकतन्त्रवादी होइनौं, रैथाने लोकतन्त्रवादी हौं । लोकतन्त्रका लागि नेपाली कांग्रेसका कुनै नेताले भन्दा कम त्याग गरेका छैनौँ ।’

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ४ : ५६ बजे

दुईदिने सार्वजनिक बिदा : पोखराको पर्यटनमा सकारात्मक प्रभाव

गण्डकी– सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा

राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गरिँदै

काठमाडौं– बागमती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने

काठमाडौंका सरकारी अस्पतालमा बिरामीको चाप (तस्बिरहरू) 

काठमाडौं– सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार

पत्रकारले भिडियो खिचेपछि रिसाए प्रधानमन्त्री, तात्तातै निर्देशनपछि सुरक्षाकर्मीले सञ्चारकर्मीलाई रोके

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा मन्त्रिपरिषद् बैठकका क्रममा सञ्चारकर्मीहरूलाई

पहिरोले अवरुद्ध राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौं– केही दिनदेखिको वर्षासँगैको बाढी पहिराका कारण अवरुद्ध मुख्य राजमार्गहरू