जेन-जी आन्दोलन : ज्यान गुमाउनेको संख्या ३० पुग्यो, एक हजार बढी घाइते « Khabarhub

जेन-जी आन्दोलन : ज्यान गुमाउनेको संख्या ३० पुग्यो, एक हजार बढी घाइते


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन-जीहरूको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।

आन्दोलनका क्रममा घाइते भएका २५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार आन्दोलनमा एक हजार ३३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ७ सय १३ जना उपचारपछि डिस्चार्ज भइसकेका मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै ४ सय ३६ जना घाइतेहरू ल्याइएको निजामती अस्पतालबाट ३ सय ४४ जना उपचारपछि घर फर्किएका छन् । ६ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै १ सय ६१ जना ल्याइएको ट्रमा सेन्टरमा ५८ जना उपचाररत रहेका छन् । ८ जनाको मत्यु भइसकेको छ । उता भेरी अस्पताल नेपालगञजमा २८ जना उपचारका लागि आएका थिए । जसमा ५ जनाको मृत्यु भएको छ ।

घाइतेहरू ल्याइएका अन्य बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना, फ्रन्टलाइन अस्पतालमा ३, शिक्षण अस्पतालमा १, केएमसीमा २ र एभरेस्ट अस्पतालमा ३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार घाइतेहरूको विभिन्न २८ वटा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ८ : १९ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र