डोको डालो बुन्ने पेशा सङ्कटमा « Khabarhub

डोको डालो बुन्ने पेशा सङ्कटमा


६ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– दलित समुदायको पुस्तौँदेखिको डोको डालो बुन्ने पुर्ख्यौली पेशा कच्चा पदार्थको अभावमा सङ्कटमा पर्न थालेको छ । बाँस र निगालो अभाव भएपछि यसको चोयाबाट बनाइने सामाग्री नपाउँदा उनीहरुको पेशा सङ्कटमा परेको हो ।

बाँस र निगालोबाट दलित समुदायले डोको, डालो, नाङ्लो (सुप्पो), चाल्लो, टपरी, भकारीलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बिक्री गरेर पर्याप्त आम्दानी गर्दै आएका थिए ।

तिलाडी, समैजी मुद्राड, अमरगढी नगरपालिकालगायत जिल्लाका विभिन्न ठाउँमा यही पेशाका भरमा जीविकोपार्जन गर्दै आएको उक्त समुदायको पेशा सङ्कटमा पर्दै गएको छ ।

“बाँस र निगालो पाउन छाडेपछि आय आर्जनको बाटो बन्द भएको छ”, अमरगढी नगरपालिका–७ पोखरा गाउँकी मङ्गली कैनीले भने, “परिवार पाल्न धौधौ भएको छ ।” बाँस र निगालोका सामग्री बेचेर आम्दानी गर्ने बाटो बन्द भएको उनले पीडा सुनाए ।

अहिले दलित समुदायले बाँस र निगालो खोज्न विभिन्न वन जङ्गल चहार्नु परिरहेको छ । एक दिन हिँडेर अजयमेरुको खतेडा जङ्गलबाट निगालो काटेर ल्याउनुपरेको कैनीले बताए ।

“एक भारी निगालो रु पाँच सयमा खरिद गर्नुपर्छ”, उनले भने, “कतिपय बेला निगालो र बाँसका लागि दुई दिनको बाटो हिँड्नु पर्छ ।” टाढा टाढासम्म धाएर पनि बाँस र निगालो खोज्न जाँदा पनि नपाउने गरेको पीडा कैनीसँग छ ।

मेहनत र परिश्रमअनुसारको आम्दानी नहुँदा पनि दलित समुदाय पीडित बन्नुपरेको छ । त्यसैले उनीहरु वैकल्पिक पेशा रोज्न थालेका छन् ।

टाढाबाट कच्चा पदार्थ ल्याएर सामग्री निर्माण गर्दा पनि लागत खर्च अनुसारको आम्दानी नहुँदा दलित समुदायले हैरानी खेप्नु परिरहेको छ ।

“घरायसी सामग्रीको बजारमा माग भए पनि कच्चा पदार्थको अभावले सामग्री तयार गर्न सकेको छैन”, समैजी गाउँका जित पार्कीले भने । वन अतिक्रमणको समस्याका कारण पनि पछिल्लो समय बाँस र निगालो पाउन छाडेको छ ।

दलित समुदायले बाँस र निगालोको चोयावाट बन्ने प्रतिडोकोलाई रु पाँच सयदेखि रु सात सयसम्म बिक्री गर्ने गरेका छन् । यस्तै डालो, भकारी, मानो र नाङ्लो रु चार सयदेखि रु तीन हजार पाँच सयसम्ममा बिक्री गर्दैआएका छन् ।

दलित समुदायका युवा बाँस र निगालोको अभावका कारण यो पेशा छाड्न बाध्य छन् । निर्माण गरिएका सामग्री बिक्री गर्न बजारको समेत अभाव छ । नजिकका गाउँवस्तीमा सहजै बिक्री हुँदैन । बिक्री भएपनि उचित मूल्य पाउन सकेका छैनन् । पछिल्लो समय बाँस र निगालोबाट निर्माण गरिएका सामग्री अभावका कारण धातु र प्लाष्टिकबाट निर्मित सामग्री प्रयोग गर्ने चलन बढ्दै गएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : ५९ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा