ज्ञानेन्द्रले ईपीएल नखेल्ने « Khabarhub

ज्ञानेन्द्रले ईपीएल नखेल्ने


७ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् ।

ललितपुर प्याट्रीयट्सले बिहीबार ज्ञानेन्द्रले चौंथो संस्करणको प्रतियोगिता नखेल्ने जनाएको छ । ज्ञानेन्द्र ललितपुर प्याट्रीयट्सको कप्तान समेत रहेका थिए ।

उनको कप्तानीमा ललितपुरले अघिल्लो संस्करणको उपाधि जितेको थियो । कप्तान ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउदै ईपीएल नखेल्ने बताएका छन् ।

यस अघि पूर्व कप्तान पारस खड्काले ईपीएलबाट नाम फिर्ता लिएका थिए ।

यस्तै नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरी र बलर बसन्त रेग्मीले समेत ईपीएल खेल्ने छैनन् । चौंथो संस्करणको ईपीएल क्रिकेट शनिबार टीयू क्रिकेट मैदानमा सुरु हुनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार  ५ : ११ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ