अब मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने « Khabarhub

अब मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोटरसाइकलको पछाडि बस्नेले पनि अब हेल्मेट लगाउनुपर्ने नियम लागू हुने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनका लागि भन्दै मोटरसाइकलमा सवार दुबै जनाले हेल्मेट लगाउनुपर्ने व्यवस्था गर्न लागेको जनाएको छ ।

आइतबार महाशाखामा पत्रकार सम्मेलन गर्दै ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले चालकहरुलाई सहज होस् र दुर्घटनाबाट हुने क्षति न्यूनीकरण होस् भन्नका लागि यसतो व्यवस्था गर्न लागेको जानकारी दिए । नयाँ आउने सवारी ऐनमा यस्तो प्रावधान राख्न लागिएको पन्तले जानकारी दिए । हेल्मेट गुणस्तर चिह्नयुक्त प्रयोग गर्नुपर्ने नियममा उल्लेख छ ।

त्यस्तै उनले सवारी चालकहरु कारवाही परेपछि तिर्नुपर्ने जरिवाना रकम अनलाइनबाट तिर्न सकिने व्यवस्था गर्न लागिएको जानकारी दिए । उनका अनुसार अब मोबाइलबाटै जरिवाना तिर्न सकिने प्रणालीको विकास गर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ३ : ३८ बजे

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने

रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु

काठमाडौं- तत्कालीन गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका क्रममा भएको घटना

यस्तो छ रमेश लेखकले आयोगमा दिएको ६ पृष्ठको लिखित बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित

एजेन्सी– गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र