अब मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने « Khabarhub

अब मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोटरसाइकलको पछाडि बस्नेले पनि अब हेल्मेट लगाउनुपर्ने नियम लागू हुने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनका लागि भन्दै मोटरसाइकलमा सवार दुबै जनाले हेल्मेट लगाउनुपर्ने व्यवस्था गर्न लागेको जनाएको छ ।

आइतबार महाशाखामा पत्रकार सम्मेलन गर्दै ट्राफिक प्रहरी प्रमुख एसएसपी वसन्त पन्तले चालकहरुलाई सहज होस् र दुर्घटनाबाट हुने क्षति न्यूनीकरण होस् भन्नका लागि यसतो व्यवस्था गर्न लागेको जानकारी दिए । नयाँ आउने सवारी ऐनमा यस्तो प्रावधान राख्न लागिएको पन्तले जानकारी दिए । हेल्मेट गुणस्तर चिह्नयुक्त प्रयोग गर्नुपर्ने नियममा उल्लेख छ ।

त्यस्तै उनले सवारी चालकहरु कारवाही परेपछि तिर्नुपर्ने जरिवाना रकम अनलाइनबाट तिर्न सकिने व्यवस्था गर्न लागिएको जानकारी दिए । उनका अनुसार अब मोबाइलबाटै जरिवाना तिर्न सकिने प्रणालीको विकास गर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ३ : ३८ बजे

कांग्रेसको महाधिवेशन रोक्ने देउवा र खड्काको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न सर्वोच्च अदालतले

भोटेकोसी बाढीपछि उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित

त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका,

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका

घरमा बचेका सामान झिक्दै बाढीपीडित

काठमाडौं– क्षणभरमै भग्नावशेष बनेका घरमा बचेका सामान बाढीपीडित झिक्न थालेका छन्