‘माया पिरेम’मा साम्राज्ञीसँग देलविस र राज | Khabarhub Khabarhub

‘माया पिरेम’मा साम्राज्ञीसँग देलविस र राज


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह म्यूजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन् । फिल्ममा अभिनय गरेर लोकप्रियता कमाएकी यी अभिनेत्री अब चाँडै नै ‘माया पिरेम’ नामक गीतको भिडियोमा देखिँदैछिन् ।

निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नवकलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले यो गीतमा स्क्रिन शेयर गर्ने भएकी हुन । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने गीतको भिडियोमा दीपेश सापकोटाको निर्देशन रहनेछ ।

गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको गीतमा डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।

माइकल चन्दको कोरियोग्राफी रहने गीतको भिडियो काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिनेछ । भिडियो ट्री मिडियाको अफिसियल युट्युब च्यानलमार्फत एक कार्यक्रमका बीचमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

शाह र निर्माण पक्षबीच भएको सम्झौतापश्चात अभिनेत्री शाहले गीत र म्युजिक भिडियोमा प्रयोग गरिने नयाँपन मन परेको कारण काम गर्न लागेको बताएकी छिन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  २ : ४८ बजे

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगो – कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा आइतबार राति भएको

सभामुख घिमिरे जेनेभा प्रस्थान

काठमाडौं – सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त

प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रङ्गशाला

सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी

काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको