‘माया पिरेम’मा साम्राज्ञीसँग देलविस र राज « Khabarhub

‘माया पिरेम’मा साम्राज्ञीसँग देलविस र राज


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह म्यूजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन् । फिल्ममा अभिनय गरेर लोकप्रियता कमाएकी यी अभिनेत्री अब चाँडै नै ‘माया पिरेम’ नामक गीतको भिडियोमा देखिँदैछिन् ।

निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नवकलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले यो गीतमा स्क्रिन शेयर गर्ने भएकी हुन । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने गीतको भिडियोमा दीपेश सापकोटाको निर्देशन रहनेछ ।

गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको गीतमा डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।

माइकल चन्दको कोरियोग्राफी रहने गीतको भिडियो काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिनेछ । भिडियो ट्री मिडियाको अफिसियल युट्युब च्यानलमार्फत एक कार्यक्रमका बीचमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

शाह र निर्माण पक्षबीच भएको सम्झौतापश्चात अभिनेत्री शाहले गीत र म्युजिक भिडियोमा प्रयोग गरिने नयाँपन मन परेको कारण काम गर्न लागेको बताएकी छिन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  २ : ४८ बजे

उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा, सामान्य प्याकिङ गर्ने बोरा पनि किन्न सकेन

काठमाडौं– राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक संकटमा

लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद

सिद्धार्थनगर– लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि शान्तिसुरक्षा सुदृढ गर्दै चोरी,

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर– यहाँस्थित स्वीकृति विना अस्थायी-स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा

लुम्बिनी सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ

लुम्बिनी– लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष प्रदेश सरकारका नवनियुक्त पाँच

गर्मीका कारण कोहलपुरका विद्यालय तीन दिन बन्द

नेपालगन्ज– बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन