मिडिया काउन्सिल विधेयकको विरोधमा महासंघद्वारा सोमबारदेखि दोस्रो चरणको आन्दोलन « Khabarhub

मिडिया काउन्सिल विधेयकको विरोधमा महासंघद्वारा सोमबारदेखि दोस्रो चरणको आन्दोलन


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभामा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोध गर्दै आएको नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाउँदै महासंघले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।  दोस्रो चरणका आन्दोलनका कार्यक्रम अन्तर्गत जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने भएको छ खभने जेठ ८ गते संसद् प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने भएको छ ।

त्यसैगरी जेठ ९ देखि १२ गतेसम्म सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्नेछ भने जेठ १३ र १४ गते सांसदहरुसँग भेट गरी छलफल गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । यसैगरी, जेठ १६ र १७ गते प्रेस स्वतन्त्रता सेनानीको ऐक्यवद्धता जनाउने कार्यक्रम राखिएको छ । जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने आन्दोलनको कार्यक्रममा जनाइएको छ ।

त्यस्तै, जेठ २१ र २२ गते महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने जनाएको छ भने  जेठ २३ र २४ गते केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी जेठ २५ गते अपरान्ह ३ः०० बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने । काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेको स्थानमा सोही खालको प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्ने जनाइएको छ ।

त्यसैगरी, मिडिया काउन्सिल विधेयक संसद्मा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने महासंघले जनाएको छ । पत्रकार महासंघको अगुवाईमा मिडिया काउन्सिल विधेयकको विरोधमा देशभरका पत्रकार आन्दोलित छन् । प्रतिपक्षी दलहरुले पनि विधेयकको विरोध जनाउँदै विधेयक फिर्ता लिन माग गरिरहेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ४ : २९ बजे

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको