पान मसलाको विज्ञापनले विवादमा अमिताभ « Khabarhub

पान मसलाको विज्ञापनले विवादमा अमिताभ


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता अमिताभ बच्चन पान मसलाको विज्ञापनमा अभिनय गरेका कारण विवादमा तानिएका छन् । आफ्नो मनपर्ने अभिनेताले पान मसलाको प्रवद्र्धन गरेको देख्दा फ्यानहरु अमिताभसँग रिसाएका छन् ।

यो मामलामा नेशनल एन्टी टोबेको अर्गनाइजेसनले पनि चासो देखाएको छ । अर्गनाइजेसनले अमिताभलाई एक आधिकारिक पत्र पठाउदै चाँडो भन्दा चाँडो यो विज्ञापन अभियानबाट हात झिक्न अनुरोध गरेको छ ।

नेशनल अर्गनाइजेसन फर इरेडिकेशन अफ टोबेकोका अध्यक्ष शेखर साल्करले अमिताभलाई एक पत्र पठाएका हुन् । शेखरले कैयौं अध्ययनमा पान मसाला र चुरोटको सेवनको लत स्वास्थ्यका लागि नोक्सानी हुने देखाएकाले अमिताभले पान मसालाको विज्ञापनको अभियानबाट पछाडि हट्न आग्रह गरेका छन् ।

अमिताभ पल्स पोलियो अभियानको ब्राण्ड एम्बासेडर रहेकाले उनले पान मसाला विज्ञापन अभियानबाट पछि हट्नुपर्नेमा शेखरले जोड दिएका छन् ।

हालैमात्र अमिताभले ‘एक घडी किनेर हातमा के बाँधेको थिएँ, समय पछि लाग्यो’ भन्दै ट्वीट गरेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ५ : २१ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण