सुदूरपश्चिममा प्रदेश लोकसेवा आयोगबाट कार्य प्रारम्भ « Khabarhub

सुदूरपश्चिममा प्रदेश लोकसेवा आयोगबाट कार्य प्रारम्भ


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– नेपालको संविधान बमोजिम सुदूरपश्चिम प्रदेशमा गठन भएको प्रदेश लोकसेवा आयोगले आफ्नो काम प्रारम्भ गरेको छ ।

आयोगका अध्यक्ष यज्ञराज बोहराले पदपूर्तिको प्रयोजनका लागि मन्त्रालय, कार्यालय र निकायवाट कर्मचारीको रिक्त माग पद पठाइदिन पत्राचार भई कार्य प्रारम्भ भएको जानकारी दिएका छन् ।

उनले भने, ‘‘पदपूर्ति गर्ने प्रयोजनका लागि सुदूरपश्चिम प्रदेशका मन्त्रालय, निकाय, कार्यालयबाट रिक्त माग पद पठाइदिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको छ ।’’

प्रदेश लोकसेवा आयोग ऐन बमोजिम आयोगको नियमावली, कार्य सञ्चालन निर्देशिका, आयोगका पदाधिकारी, विषय विज्ञ, विशेषज्ञ र कर्मचारीको आचारसंहिता जारी भइसकेको छ । आयोगलाई योग्यता, निष्पक्षता र स्वच्छताका आधारमा प्रदेशमा रहेका मन्त्रालय र मातहतका कार्यालय÷निकायका रिक्त पदमा कर्मचारी पदपूर्तिका लागि परीक्षामार्फत योग्य नागरिक सिफारिस गर्नुपर्ने जिम्मेवारी तोकिएको छ ।

संविधानको धारा २४४ मा प्रत्येक प्रदेशमा प्रदेश लोकसेवा आयोग रहने व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशमा २०७७ चैत्र महिनामा प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा पदाधिकारीको नियुक्ति गरिएपछि प्रदेशको राजधानी धनगढीमा आयोगको कार्यालय सञ्चालनमा आएको थियो । यसैबीच सुदूरपश्चिम प्रदेशका प्रमुखको कार्यालयमा शुक्रबार आयोजित समारोहमा प्रमुख गङ्गाप्रसाद यादव समक्ष शुक्रबार आयोगका अध्यक्ष बोहराले प्रदेश लोकसेवा आयोग ऐन बमोजिम आयोगको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेश गरे।

प्रस्तुत प्रतिवेदनमा आयोगबाट सम्पादन भएका कामसम्बन्धी विवरण समेटिएको छ । समारोहमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, आयोगका पदाधिकारीलगायत उपस्थित थिए । रासस

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ९ : ३० बजे

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको