देशभक्त खुदीराम बोसको फाँसी : एक प्रेरक प्रसङ्ग « Khabarhub

देशभक्त खुदीराम बोसको फाँसी : एक प्रेरक प्रसङ्ग


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यायाधीश कार्नडेफले जब कठघरामा उभिएर एक युवकलाई फाँसीको सजाय सुनाए । जब उनले ती युवकतिर हेरे तब उनी अचम्ममा परे । ती युवक त हाँसिरहेका थिए । न्यायाधीशले सोचे कि सायद यसले आफ्नो फाँसीको सजाय सुनेको छैन । यो सुनेर उनले ती युवकलाई फेरि दोहोर्‍याएर सुनाए, तिमीले सुन्यौ, पुलिस इन्स्पेक्टर सेन्डर्समाथि बम प्रहार गरेको अभियोगमा तिमीलाई फाँसीको सजाय दिइन्छ ।

युवक मुस्कुराए र बोले, बस, जाज साब, फाँसी हैन ? हामी भारतीय मृत्युदेखि डराउँदैनौँ । यो मेरो लागि खुशीको कुरा हो, म फाँसीको पासोमा झुण्डिएर भारत माताको सेवा गर्ने अवसर पाउनेछु । यसको लागि तपाईंलाई धेरैधेरै धन्यवाद !

यस्तो कुरा सुनेर न्यायाधीशलाई बडो आश्चर्य लाग्यो । उनले फेरि भने, तिमीलाई उच्च न्यायालयमा अपील गर्नको लागि एक हप्ताको समय दिइन्छ ।

तब युवकले भने, पर्दैन यसको कुनै आवश्यकता छैन । यदि मलाई जीवनको भीख माग्नु पर्थ्यो भने म बम नै फ्याँक्ने थिइनँ । यदि मप्रति तपाईंको मनमा अलिकति पनि दया छ भने मलाई ५ मिनेटको समय दिनुस् ताकि म अदालतमा बसेका आफ्ना साथीलाई बम कसरी बनाइन्छ भनेर बताउन सकूँ ।

यो सुनेर न्यायाधीश रिसाए र कुर्सी छोडेर हिँडे । सन् १९०८ को अगस्ट महिनाको ११ तारिखमा यी युवक हाँसी हाँसी फाँसीको पासोमा झुण्डिए ।

ती युवक अरु कोही नभएर प्रसद्ध क्रान्तिकारी र महान् देशभक्त खुदीराम बोस थिए ।

साभार : प्रेरक प्रसङ्हरुपुस्तकबाट

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १० : ४० बजे

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको

गल्लीगल्लीका ‘ग्याङ फाइट’ ले लिँदै छ ज्यान, भिडियो खिच्नेबाट प्रहरी हैरान

काठमाडौँ – प्रसङ्ग हो– जेठ ९ गते कैलालीमा भएको ग्याङफाइट

लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु

बेरुत – इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र बनाएको

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल

नेपाल प्रेस युनियनले आज ३५औँ स्थापना दिवस मनाउँदै, विधान महाधिवेशनको आयोजना

काठमाडौँ– लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर