आदित्य भन्छन्– कथात्मक भिडियोमा नयाँपन दिन्छु « Khabarhub

आदित्य भन्छन्– कथात्मक भिडियोमा नयाँपन दिन्छु


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–म्यूजिक भिडियो निर्देशक आदित्य बुढाथोकी नेपाली म्यूजिक भिडियोमा रुचाइएका निर्देशक हुन् । उनीसँग थिएटर, टेलिफिल्म र फिल्ममा अभिनयको पनि अनुभव छ । ललितपुरको गोदावरीमा जन्मिएका आदित्य एक दशक बढी समयदेखि भिडियो निर्देशनमा सक्रिय छन् । यिनै निर्देशक आदित्यसँग खबरहबले गरेको कुराकानीको सारसंक्षेपः–

म्यूजिक भिडियो निर्देशनमा व्यस्तता कस्तो छ ?
अहिले व्यस्त नै छु । म्यूजिक भिडियो निर्माणको काम जारी नै छ । अहिले कामको अभाव छैन ।

तपाईंको भिडियोमा नयाँ कलाकारले कत्तिको स्थान पाएका छन् ?
नयाँ कलाकारलाई लिएर काम गर्न म सधैं उत्साहित नै रहन्छु । नयाँ कलाकारको नयाँ कुरा बुझ्न र हेर्न चाहन्छु । उनीहरुबाट भिडियोमा केही नयाँ कुरा ल्याउन चाहन्छु ।

तपाईंको भिडियोको विशेषता के हो ?
म कुनै पनि गीत तथा शब्दलाई सुनेर त्यसलाई कथात्मक रुपमा दृश्यमा उतार्ने गर्छु । कथात्मक भिडियोमा नयाँपन दिन्छु । जुन दर्शकले मनपराउन सकुन् ।

भिडियोका लागि कलाकार छनोट गर्न गाह्रो छ भन्छन् नि ?
अहिलेको अवस्थामा गाह्रो नै छ । किनभने कोभिड महामारीपछि फिल्मको गतिविधि प्रायः ठप्प नै छ । फिल्मको सुटिङ भइरहेका छैनन् । जसकारण फिल्मका कलाकारहरु म्यूजिक भिडियोमा व्यस्त हुनुभएको छ । उनीहरुको समय मिलाउन निकै समस्या पर्ने गरेको छ । राम्रो कलाकारलाई लिएर काम गर्न पर्खनुपर्ने अवस्था छ ।

भिडियो निर्माणमा प्रतिष्पर्धा छ ?
प्रतिष्पर्धा आफूले आफैंसँग गर्ने हो । भिडियो, फिल्ममा नयाँ नयाँ निर्देशकहरु आइरहनुभएको छ । यो राम्रो कुरा पनि हो । हामी आफ्नो काम गरिरहेका छौं । त्यसकारण प्रतिष्पर्धा भन्ने छैन ।

भिडियोमा तपाईंले पाउनुभएको उपलब्धि ?
मैले बनाएका भिडियोलाई दर्शकले मनपराउनुभएको छ । स्रष्टाहरुले पनि सही मूल्यांकन गरिदिनुभएको छ । त्यो नै मेरो लागि उपलब्धि र सम्पत्ति हो ।

दर्शकले मनपराएका तपाईंका भिडियोहरु ?
पूर्णिमाको रात मेरो, कान्छीको, ए झरीलगायत छन् ।

तपाईंको भिडियो गर्न स्रष्टाहरु किन लालयित हुन्छन् ?
म आफूले पाएको काम जिम्मेवारीपूर्वक पुरा गर्छु । त्यसमा पूर्णरुपमा लगनशिलता देखाउछु । यहीकारण स्रष्टाहरु मसँग काम गर्न लालयित छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ११ : ३३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल