एनसीबीको दाबी– भारती जोडीको जमानत ‘खतरनाक संकेत’ « Khabarhub

एनसीबीको दाबी– भारती जोडीको जमानत ‘खतरनाक संकेत’


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– लागुऔषध मामलामा टेलिभिजन होस्ट र कमेडियन भारती सिंह तथा उनका पति हर्ष लिम्बाचियालाई जमानत दिने निर्णय प्रति नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले बिहीबार आपत्ति जनाएको छ । उसले मुम्बईको एक सत्र अदालतमा लागुऔषध मामलामा भारतीय र उनका पतिलाई जमानत दिने मजिस्ट्रेट अदालतको आदेश ‘समाजमा खतरनाक संकेत’ साबित हुन सक्ने चेतावनी दिएको छ ।

एनसीबीले अदालतको आदेशले समाजमा हाई प्रोफाइल अपराधी अदालतबाट सजिलै रिहा हुने सन्देश दिएको दाबी गरेको छ । ‘यो निर्णयले हाई प्रोफाइल अपराधीहरु अभियोग पक्षको कुरा नसुनी सजिलै रिहा भइरहने एक खतरनाक संकेत समाजका लागि दिएको छ’, एनसीबीले भनेको छ ।

एनसीबीले गत वर्ष नोभेम्बर १२ मा भारती र हर्षको अँधेरीस्थित घरमा छापा मारेपछि जोडीलाई पक्राउ गरेको थियो । यो जोडीलाई कम मात्रामा मारिजुआना राखेको र नशालु औषधिको सेवन गरेको आरोपमा पक्राउ गरिएको थियो ।

छापामारीमा उनीहरुको घरबाट ८६ दशमलब ५० ग्राम गाजा पनि बरामद गरिएको थियो । यो जोडीले आफूहरु भाङको सेवन गर्ने गरेको स्वीकारेका थिए ।

यो जोडीले पक्राउ पर्नासाथ सेप्टेम्बर २२ मा जमानतका लागि अदालतको ढोका ढकढक्याएका थिए । यो मुद्धालाई एनसीबी र पब्लिक प्रोसिक्यूटरको अदालतमा पेश गरिएको थिएन । जसलाई ध्यानमा राख्दै उनीहरुलाई १५ हजार निजी मुचुल्कामा जमानत दिइएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १ : २० बजे

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन